आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सरकारलाई निरुदेवी पालको प्रश्न– निर्मला पन्तका हत्यारा किन समात्न नसकेको ?

शुक्रबार, १३ साउन २०७९, ११ : ५६
शुक्रबार, १३ साउन २०७९

नेकपा एमालेकी सांसद निरुदेवी पालले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या भएको चार वर्ष बितिसकेको उल्लेख गर्दै अझै हत्यारा पत्ता लाग्न किन नसकेको भनेर प्रश्न गरेकी छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा उनले अहिले सरकारको नेतृत्व गरेको दलकै नेता तथा कार्यकर्ताले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई केपी ओली नेतृत्वको सरकारले लुकायो भन्ने आरोप लगाएको स्मरण गराइन् ।

त्यसरी आरोप लगाउने नेता तथा कार्यकर्ताको दलले नै अहिले सरकारको नेतृत्व गरेको एक वर्षभन्दा बढी भइसक्दासमेत निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई किन पक्राउ गर्न नसकेको भनेर उनले प्रश्न गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप