सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्दा अविश्वास झल्किन्छ : परराष्ट्रमन्त्री खड्का

शुक्रबार, १३ साउन २०७९, १३ : ४५
शुक्रबार, १३ साउन २०७९

परराष्ट्रमन्त्री डा.नारायण खड्काले एसपीपी अघि नबढाउने सम्बन्धमा सरकारले अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न नमिल्ने बताएका छन् । उनले प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै राज्य संचालन गर्ने क्रममा राज्यले निर्णय गर्ने कुरामा विश्वास गर्नुपर्ने बताए ।

‘सार्वभौमसत्ता सम्पन्न राष्ट्रको सर्वोच्च निकाय मन्त्रिपरिषदले गरेको निर्णयबारे हामी संशय गरिरहेका छौं,’ उनले भने, ‘यसरी एउटा परम्परा बसाउँदै गयौं भने, सरकारले गरेका निर्णयबारे आशंका गर्दै गयौं भने विश्वास ह्रासोन्मुख भइरहेको हो कि भन्ने प्रश्न उठ्न सक्छ ।’

यस्तो कार्यले अन्तर्राष्ट्रिय जगतमा नेपालको स्वाभिमानमा आँच आउन सक्ने पनि बताए । उनले प्रधानसेनापतिको अष्ट्रेलिया भ्रमण मन्त्रिपरिषद निर्णय अनुसार नै तय भएको प्रस्ट पारे । एसिया प्यासिफिक क्षेत्रका आर्मी चिफहरुको सम्मेलनमा सहभागी हुनका लागि मन्त्रिपरिषदले स्वीकृति प्रदान गरेको तर यो भ्रमणलाई सैन्य गठबन्धनका रुपमा बुझ्न नहुने उनको भनाइ छ ।

उनले भने, ‘कुनै सैन्य गठबन्धन नेपालको हितमा छैन । अहिलेको सरकार कुनै पनि हिसाबमा कुनै मुलुकसँग सैन्य, सामरिक गठबन्धन गर्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप