जसपा विभाजन
अदालत गए उपेन्द्र यादव
सोमबार, ३१ वैशाख २०८१, १५ : ०८

काठमाडौँ । निर्वाचन आयोगले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सर्वोच्च अदालत गएका छन् ।
उनले निर्वाचन आयोगलाई विपक्षी बनाएर सोमबार अदालतमा रिट दर्ता गराएका हुन् । रिटमा यादवले आयोगको निर्णयलाई खारेज गर्न माग गरेका छन् ।
वैशाख २३ गते अशोक राईले जसपा विभाजन गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका थिए । सोही निवेदनको आधारमा आयोगले वैशाख २४ मा आधिकारिकताको प्रमाणपत्र दिएको थियो । जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद छन् ।
रिटको पेशी जेठ २ गतेका लागि तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान
-
सिंहदरबारमा उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै
-
बाढी र पहिरोले ५ वटा सडक अवरुद्ध, ३ वटा एकतर्फी
-
राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा बन्द
-
बैङ्किङ प्रणालीबाट एकै दिन ९० अर्ब तान्दै राष्ट्र बैङ्क
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?