शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङको प्रतिनिधि र प्रदेशसभा दुबै स्थानमा एमाले पहिलो, कसले ल्यायो कति ?

मङ्गलबार, २६ मङ्सिर २०७४, २० : ४०
मङ्गलबार, २६ मङ्सिर २०७४

बेसीशहर – लमजुङमा समानुपातिकतर्फ पनि नेकपा एमाले  पहिलो दल बनेको छ । मंगलबार साँझ सम्पन्न मतपरिणाम अनुसार नेपाली काँग्रेसलाई ६ हजार ८० बढि मतले पछि पार्दै नेकपा एमाले पहिलो पार्टी बनेको हो । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको लमजुङका तीनै स्थानमा बामगठबन्धन विजयी भएका छन् । 


नेकपा एमालेले प्रतिनिधीसभाका लागि ३३ हजार ३०९ मत ल्याएको छ भने, नेपाली काँग्रेसले २७ हजार २२९ मत प्राप्त गरेको छ । यस्तै, नेकपा माओबादी केन्द्रले ७ हजार  ८ सय ०५ मत ल्याएर तेश्रो भएको छ । राप्रपाले १ हजार ४ सय ७७, विवेकशील साझाले ८ सय ७०, नयाँ शक्तिले ७ सय ७३, संघीय समाजवादी फोरमले २ सय २९, राप्रपा प्रजातान्त्रिकले १ सय ८८, आमूल परिवर्तन मसिहा पार्टीले १ सय ८५ र नेकपा जनसमाजवादी पार्टीले १ सय ८० मत प्राप्त गरेको छ ।

 कूल ४९ दल सूचिकृतमध्ये ५ दलमा मत परेको छैन । प्रतिनिधिसभातर्फ कूल १ लाख १५ हजार ४ सय ४९ मतदाता रहेकोमा ७७ हजार २ सय १४ मत खसेको थियो । यसमा ७२ हजार ६ सय ६२ मत सदर भएको र ४ हजार ५ सय ५२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  
प्रदेश सभा (क) तर्फ पनि एमालेले १३ हजार २ सय ७२ मत ल्याएर प्रथम स्थान हारिल गर्न सफल भएको छ । कांग्रेसले १० हजार ४२ र माओवादी केन्द्रले ५ हजार ५ सय ७८ मत पाई क्रमश द्धितिय र तृतिय स्थान हासिल गरेका छन् ।  


राप्रपाले २ हजार ६ सय ६३,  नयाँ शक्तिले ७ सय ५, विवेकशील साझाले ३ सय ३७, संघीय समाजवादी फोरमले २ सय १४, राप्रपा प्रजातान्त्रिकले २ सय ७ र नेकपा जनसमाजवादी पार्टीले १ सय १२ मत पाएको छ । सूचिकृत २० चिह्न सबैमा मत परेको छ ।  कूल ५४ हजार ८ सय ९७ मतदाता रहेको प्रदेश (क) मा ३७ हजार ७ सय ४२ मत खसेको थियो । जसमा ४ हजार ४ सय ९ मत बदर भएको छ भने ३३ हजार ३ सय ३३ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।  


प्रदेश सभा (ख) मा एमालेले १७ हजार ६ सय ३४ मत ल्याएको छ । कांग्रेसले १३ हजार ६ सय ३८ र माओवादी केन्द्रले ३ हजार २ सय ४३ मत पाएको छ । राप्रपाले ७ सय ९३, विवेकशील साझाले ४ सय ६९, नयाँशक्तिले १ सय ७५ र संघीय समाजवादी फोरमले १ सय ४३ मत पाएको छ । २० मध्ये २ चिन्हमा मत नपरेको निर्वाचन कार्यालयले जनाएको छ । कूल मतदाता ६० हजार ५ सय ५२ रहेकोमा ३९ हजार ४ सय ७२ मत खसेको थियो । जसमा ३ हजार ८१ मत बदर भएको छ भने ३६ हजार ३ सय ९१ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समुन्द्रा घिमिरे
समुन्द्रा घिमिरे
लेखकबाट थप