सिधा कुरा प्रकरण : वैशाख २३ मा अडियोको स्रोत तिमिल्सनाको बयान
शुक्रबार, २१ वैशाख २०८१, २० : २२
काठमाडौँ । सिधा कुरा डटकममा प्रकाशित अडियोबारे सर्वोच्च अदालतमा शुक्रवार कार्यकारी सम्पादक नविन ढुंगानाको बयान सकिएको छ । न्यायाधीश हरि प्रसाद फुयाँल र महेश शर्मा पौडेलको इजलासमा ढुंगानाले बयान दिएका हुन् ।
अख्तियारले दायर गरेको स्टिङ अपरेशनको मुद्दा ‘ढिसमिस गराउन’ आयोजित छलफलमा भएको भनिएको कुराकानीको अडियोका स्रोत राजकुमार तिमिल्सिनाको बयान आइतबार हुने भएको छ । वैशाख २३ उनको बयान गराउने गरी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
बिहीबार सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेलले अडियो स्रोत ललितपुर घर भएका राजकुमार तिमिल्सिना रहेको बयान दिएका इजलासले उनलाई पनि बयान गराउने आदेश गरेका हुन् । कँडेल र ढुंगानालाई तारेखमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण