प्रदेशको प्रशासनिक भवन निर्माणको काम छिट्टै सुरु हुन्छ : मुख्यमन्त्री जम्कट्टेल
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रादेशिक संरचना निर्माणका लागि सरकार गम्भीर भएर अघि बढेको बताएका छन् । उनले प्रदेश सरकार र मातहतका कार्यलयहरुका लागी आवश्यक पर्ने स्थायी संरचना निर्माणका लागि जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा रहेको बताए ।
प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयको भवनको एक कार्यक्रमका बिच शिलान्यास गर्दै मुख्यमन्त्री जम्कट्टेलले विभिन्न प्रक्रिया र परिस्थितिका कारण प्रादेशिक संरचना निर्माण ढिला भइरहेको बताए । जग्गा छनौट तथा प्रक्रियागत विषयका कारण योजना बनाए अनुसार प्रादेशिक संरचना निर्माणमा प्रगति हुन नसकेको उनको भनाई छ ।
‘अब प्रदेश सरकारको प्रशासनिक भवन निर्माणको काम सुरु हुन्छ । हामी जग्गा प्राप्तिको अन्तिम चरणमा छौँ । लगभग जग्गा प्रदेश सरकार मातहत आइसक्यो भन्दा हुन्छ । अनुकूल जग्गा नपाउँदा केही समय अलमलमा परियो । पछि सबै विषयहरू अध्ययन गरेर हेटौंडा–१७ मा प्रादेशिक संरचना निर्माण गर्ने निर्णय गरिएको हो । तर, प्रशासनिक प्रक्रियाका पुरा गर्न पर्ने भएकाले ढिलो भयो,’ उनले भने ।
प्रदेश सरकारका एउटा मन्त्रालय अझै पनि भाड कै घरमा सञ्चालन गर्नुपरेको उल्लेख गर्दै मुख्यमन्त्री जम्कट्टेलले छिट्टै नै सरकार र मातहतका कार्यालयहरुलाई आवश्यक भौतिक संरचना निर्माण कार्य सुरु गर्ने बताए ।
उनले नागरिकसँग जोडिएका विकासको काम पहिलो प्राथमिकतामा राखेर अघि बढ्न जोड दिए । प्रदेश सरकारले भौतिक निर्माणसँगै प्रदेशका नागरिकको आवश्यकताको विषयहरू शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकता राखेर काम गर्ने उनको भनाई छ । प्रदेश सरकारले स्पष्ट नीतिका साथ सेवा प्रवाहसँगै विकास निर्माण र उत्पादनशीलतामा जोड दिनेगरी अघि बढेको उनले बताए ।
कार्यक्रममा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाले जनताका लागी सेवा प्रवाह गर्ने स्थान उपयुक्त नहुँदा गुणस्तरीय सेवा दिन नसकिने भएकाले निर्देशनालय भवन निर्माण गर्न उपमहानगरपालिकाले जग्गा उपलब्ध गराएको बताइन् । उनले अहिले शिक्षा, स्वास्थ्य र रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने भएकाले प्रदेश सरकारसँग मिलेर काम गर्न चाहेको पनि गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाद्वारा होन्डुरस पराजित
-
पोखरामा चोरी गर्दागर्दै काभ्रेका युवक रङ्गेहात पक्राउ
-
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
-
कास्कीमा प्रहरीको ‘स्वीप अप्रेसन’, ४० सवारी साधन कारबाहीमा
-
न्याय पाउने आशासहित मातृभूमि फर्किएको छु : धुर्मुस
-
रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण