शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा दोहोरो अंकको गिरावट, २ अर्ब ८५ करोडको कारोबार

सोमबार, २३ साउन २०७९, १५ : ४५
सोमबार, २३ साउन २०७९

सोमबार सेयर परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १७.१५ अंकले घट्दै २१०६.१५ अंकमा झरेको हो । 
आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.४४ अंकले घट्दै ४०६.११ अंकमा झरेको छ । 

आज म्यानु एण्ड प्रो र म्युचुअल फन्ड बाहेकका सबै उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी अन्य समूहको उपसूचक २.४२ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन समूह १.६१ प्रतिशतले घटेको छ । 
यस्तै, विकास बैंक समूहको उपसूचक १.६१ प्रतिशतले घटेको छ भने इनभेष्टमेन्ट समूह १.३८ प्रतिशतले, फाइनान्स समूह १.३१ प्रतिशतले, हाइड्रोपावर समूह १.०४ प्रतिशत र जीवन बीमा समूह १.०३ प्रतिशतले घटेको छ । यता म्यानु एण्ड प्रो र म्युचुअल फन्डको उपसूचक क्रमशः ०.१ प्रतिशत र ०.२७ प्रतिशतले बढेका छन् ।

१७ अंकले घटेको बजारमा आज २ अर्ब ८५ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप