बंगलादेशमा ऊर्जा संकट, बिजुली बचाउन स्कुल र कार्यालय अवधि घटाइयो
बंगलादेशमा ऊर्जा संकट निम्तिएको छ । यससँगै, बिजुली बचाउनका लागि बंगलादेश सरकारले स्थानीय विद्यालय र कार्यालय समय घटाउने निर्णय गरेको छ । बंगलादेशले गत महिनादेखि नै दैनिक २ घन्टा लोडसेडिङ सुरू गरेको थियो ।
यही समयमा बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्य ५० प्रतिशतभन्दा धेरैले बढेको छ । मूल्यवृद्धि र ऊर्जा संकटकाबीचमा बंगलादेशी नागरिकहरू सरकारविरुद्ध आन्दोलनमा उत्रिएका छन् । उनीहरूले सरकारले सुरू गरेको औपचारिक लोडसेडिङको विरोध गरिरहेका छन् ।
रुस–युक्रेन युद्धका कारण विश्वभर पेट्रोलियम पदार्थ र कोइलाको मूल्य बढ्दा बंगलादेशको विदेशी मुद्राको भण्डारण रित्तिन लागेको छ । ऊर्जा संकट निम्तिएपछि यसअघि शुक्रबार मात्रै बन्द हुँदै आएका विद्यालय शनिबार पनि बन्द गर्न थालिएको छ । बंगलादेश मन्त्रिपरिषद्का सचिवले यसलाई पुष्टि गरेका छन् ।
यसका साथै, बंगलादेशले बैंक र सरकारी कार्यालयको काम गर्ने अवधि घटाएको छ । यसअघि दैनिक ८ घन्टा रहेको यस क्षेत्रको काम गर्ने अवधि ७ घन्टामा ल्याइएको छ । खासगरी, बंगलादेशले कोइला र डिजेलमा आधारित विद्युतीय प्यान्टहरू सञ्चालन गर्दै आइरहेको छ । तर, अन्तर्राष्ट्रिय बजारमा यी वस्तुको मूल्य बढेपछि बंगलादेशलाई समस्या परेको हो ।
बंगलादेशले आयातित डिजेलबाट देशमा उत्पादन हुने कूल विद्युतको ६ प्रतिशत बिजुली उत्पादन गर्दै आइरहेको छ । जुन, मूल्यवृद्धिका कारण समस्यामा परेका छन् । यस्तै, बंगलादेशले आयातित प्राकृतिक ग्यासबाट समेत बिजुली उत्पादन गर्दै आइरहेको छ । समस्याका बाबजुद गाँउ र कृषकलाई बिजुली उपलब्ध गराउने बंगलादेश मन्त्रिपरिषद्का सचिव खान्दकर अनवारुल इस्लामलाई उदृत गर्दै बीबीसीले लेखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव