इजरायलमा भेटियो १२ सय वर्ष पुरानो महल, बनावट देखेर वैज्ञानिक चकित

person explore access_timeभदौ १०, २०७९ chat_bubble_outline0

पुरातत्वविदले इजरायलको मरुभूमियुक्त दक्षिणी इलाकामा १२ सय वर्ष पुरानो एक भव्य सम्पत्तिबारे पत्ता लगाएको छ जो नेगेव इलाकाको धनी व्यक्तिको जीवनको एक अनौठो झलकलाई पेश गर्छ । यसको बनावट देखेर पनि पुरातत्वविद अचम्मित छन् ।


इजरायलको पुरावशेष प्राधिकरण (एन्टीकिटिज अथोरिटी) ले हालै दिएको जानकारी अनुसार राहतको बेडोइन शहरमा गरिएको यो खोज आठौँ वा नवौँ शताब्दीको सुरुवाती इस्लामिक कालको हो ।



पुरातत्वविदका अनुसार यो विलासी घर एउटा आँगनको चारैतिर बनाइएको थियो र यसमा बस्नका लागि चारैतिर थुप्रै कोठासमेत बनाइएका थिए ।



एउटा निकै ठूलो स्थानको भुइँमा ढुङ्गा बिछ्याइएका थिए र त्यसैले भित्ताहरु पनि सजाइएका थिए । साथै हलको भुइँमा मार्बल राखिएको थियो । पुरातत्वविद्ले त्यहाँबाट विभिन्न खालका माटोका भाँडाहरु र खाना पस्कनका लागि निकै सुन्दर काँचका भाँडा पनि भेटे ।

प्राङ्गणको मुनी पुरातत्वविद्ले ढुङ्गाले बनेको भूमिगत बेसमेन्ट देखेर चकित परे । यी बेसमेन्टको प्रयोग मरुभूमिको प्रचण्ड घामबाट बच्न र चिसो तापक्रममा वस्तुलाई सुरक्षित राख्नका लागि गरिन्थ्यो भन्ने गरिन्छ ।

यो बेसमेन्टलाई निकै सावधानीपूर्वक र बलियो गरी बनाइएको थियो । यो बेसमेन्टको एउटा बाटो एउटा कुवातर्फ पनि जान्छ जहाँ मानिसले चिसो पानी पाउँथे होलान् ।

विशेषज्ञका अनुसार यो हवेलीका मालिक निकै समृद्ध थिए होलान् र आलिशान जीवनयापन गर्दथे होलान् । यहाँबाट जति पनि अवशेष पाइएका छन् यसबाट के प्रमाणित हुन्छ भने यो घर कुनै धनाढ्य व्यक्तिको थियो जोसँग धेरै कुरा थियो ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।