शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वाधिक पुरस्कार राशिको फूटबल प्रतियोगिता हुने

शनिबार, ०१ पुस २०७४, २० : ०९
शनिबार, ०१ पुस २०७४

बेसीशहर– लमजुङ जिल्लाकै सर्वाधिक पुरस्कार राशिको खुुल्ला फुस्टबल प्रतियोगिता हुुने भएको छ । त्रिवेणी युवा क्लवको आयोजनामा पौष १२ गतेवाट २६ औँ त्रिवेणी कप राष्ट्रव्यापी खुल्ला फुटबल प्रतियोगिता जिल्ला सदरमुकाम बेसीशरमामा रहेको सहजी खेलमैदानमा हुने भएको छ । 

शनिबार त्रिवेणी युवा क्लवले पत्रकार भेटघाट कार्यक्रम गरी उक्त प्रतियोगिताबारेमा जनकारी गराएको हो । खेललाई व्यवस्थित वनाउन विभिन्न उपसमितिहरु गठन गरि संयोजक समेत तोकिएको क्वलका अध्यक्ष छविन्द्रजंग गुरुङले जानकारी दिए । 

उक्त प्रतियोगितामा प्रथम हुने क्लवलाई नगद रु तीन लाख पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तैगरि उपविजेताई १ लाख ५० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । सेमी फाइनलमा प्रवेश गर्ने दुई टिमलाई नगद ५०/५० हजार प्रदान गरिने क्लवले जनाएको छ ।

प्रतियोगिता अवधिभरको सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई नगद १५/१५ हजार प्रदान गरिनुका साथै अनुसासित टिमलाई समेत नगद १० हजार वरावरको ट्रफि र प्रमाणपत्रको व्यवस्था गरेको छ ।

गतबर्ष २५ औं रजत जयन्तीको अवसर पारी पुरा (एघार साईजको) साइजको खेलमैदानमा फुटवल खेलाइएको त्रिवेणी क्लवले यसवर्ष पनि दर्शकको मध्यनजर गरी उत्कृष्ट तवरबाट खेल प्रदर्शनी गर्ने तयारी गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समुन्द्रा घिमिरे
समुन्द्रा घिमिरे
लेखकबाट थप