शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रिमियरमा ‘रीत’ लाई सकारात्मक प्रतिक्रिया

बुधबार, ०५ असोज २०७९, ११ : ४७
बुधबार, ०५ असोज २०७९

फाल्गुनन्द लिङ्देन फिल्मस्को निर्माण रहेको फिल्म ‘रीत’ प्रिमियर गरिएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा फिल्मको विषेश प्रिमियर गरिएको हो । सार्वजनिक प्रदर्शन अगाडि फिल्मको प्रतिक्रिया बुझ्ने उदेश्यले फिल्मको प्रिमियर गरिएको निर्माण युनिटले जनाएको छ ।

गायिका मनु नेम्बाङ, कलाकारद्वय कृष्णराज नेम्बाङ र अगमसिंह यक्पाङदेनलाई सम्मान समेत गरिएको प्रिमियरमा फिल्मले सकारात्मक प्रतिक्रिया समेत पाएको छ । लिम्बू भाषा संस्कृतिमा बनेको फिल्ममा लिम्बु जातिको विवाहसँग सम्बन्धित कथा छ । फिल्ममा लक्ष्मी योङहाङ, विमला खजुम, तान्छोहाङ ईङनाम, सागर केरुङ, याशेली योङहाङ, तेज मेन्याङबो, सोनु थोक्लीहाङ, भिम थेबे, पुर्ण सेलिङ, रत्न लिङदेन लावती, नन्दु तुम्वापो, एन्जिला नेम्वाङ, राजु घिमिरे, प्रभु कुरुम्बाङ, नितु रानी नेम्वाङ र दिनेश माङमुको अभिनय छ ।

फिल्ममा होमकुमार लावती, आशा नेम्वाङ र विष्णुकुमार इङनाम निर्माता र बसन्त थेबे सहनिर्माता छन् । मिक हाङ्ग लिङ्देनको प्रस्तुति रहेको फिल्ममा संगीत मान तबेबुङ, अशोक राईको छ । दिनेश माङमुको नृत्य रहेको फिल्मको  छायांकन सुमन योञ्जनले गरेका हुन् । फिल्मका निर्देशन दिनेश लिङदेन हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप