इन्द्रसरोबरमा उपाध्यायको एल्बम ‘श्लेषा’ सार्वजनिक

person explore access_timeअसोज ९, २०७९ chat_bubble_outline0

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको एल्बम ‘श्लेषा’ सार्वजनिक गरिएको छ । शनिबार विहान कुलेखानी स्थित मनोरम ताल इन्द्रसरोबरमा डुङ्गा माथि विमोचन गरिएको हो ।


गीतकार संघका निर्वतमान अध्यक्ष चुण्डामणि देवकोटा, संगीतकार तथा उपन्यसकार सन्तोष श्रेष्ठ, गायक सागर अधिकारी ‘शरद’, मिलाप फाउण्डेसनकी अध्यक्ष गीता अधिकारीलगायतले इन्द्रसरोबरको तालमाथी डुङ्ग विमोचन गरेका थिए । कार्यक्रममा गीतकार डा. उपाध्यायले आफूले आफ्ना सिर्जना हरेक समय फरक तरिकाले प्रस्तुत गर्ने गरेकोले त्यसैको निरन्तरतनका लागि तालमाथी विमाेचन गरिएको बताए ।



एल्बममा राखिदिए जिन्दगीको, मेरो चुल्बुले चुल्बुले, सन्तानको शीर, आऊ न आऊ, चौबन्दी चोलीमा, सुहाग रातमा, जूनेली उज्यालोमा, सृष्टिको कुनै, सपनीमा आउँछ्यौ, सिम्पल तरिका, विश्वभरी अमर, रुख रोपौं, मन मस्त मस्त, धन्यवाद धन्यवाद, नलाऊ नजर, जब नजरको, दशैँ तिहार, भि मनमा, झिमझिम परेली, आँखा मान्दैन, यही बाचा, चाहन्छु म तिम्रै, चौतारीमा कति मिठो, आँखामा संगालेर, जवानीमा पहिलो पाइला र गाँसेर प्रिती जस्ता २६ वटा गीत समेटिएका छन् । 



एल्बममा गीतमा सागर अधिकारी, अस्मिता अधिकारी, प्राश्ना पाण्डे, मनोज राज, मेलिना राई, शुरेश लामा, रामचन्द्र काफ्ले, मिलन नेवार, आनन्द कार्की, डीआर उपाध्याय, अनु चौधरी, सन्तोष श्रेष्ठ, विष्णु भट्ट, विजय परियार, शृंखला जोशी, योगेश काजी, यम बराल, सुरुची पन्थी, कृष्णभक्त राई, कविता शिवाकोटी, सपना अधिकारी, प्रविन बेड्वाल, ज्ञानु राणा जस्ता गायक गायिकाले स्वर दिएका छन् । 
गीत संगीत तथा विविध विधामा ११० विश्व कीर्तिमान कायम गरेका डा .उपाध्यायका १४ उपन्यास पाठकमाझ आएका छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।