अमेरिकामा गाडीको ठक्करबाट नेपाली मूलका भुपेन उप्रेतीको मृत्यु
शनिबार, २२ असोज २०७९, ०७ : ००
अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरमा गाडीले ठक्कर दिंदा नेपाली मूलका भुपेन उप्रेतीको मृत्यु भएको छ । गत बिहिबार दिउँसो उनको मृत्यु भएको थियो ।
सुन्दरहरैचा नगरपालिका ७ मोरङ गोठ गाउँका उप्रेती हाल अमेरिकाको भर्जिनियाको मनाससमा परिवारसँग बस्दै आएका थिए । विगत साढे ४ वर्षदेखि उनी एबिसी पसलका व्यवस्थापक रुपमा काम गर्दै आएका थिए ।
प्रिन्स विलियम काउन्टी प्रहरी विभागका अनुसार गत बुधबार राती उनलाई कारले ठक्कर दिएको थियो । मनासस शहरको सडली म्यानोर र स्कोफिल्ड वे नामक सडकको बीचमा करिव ९:३० बजे उक्त दुर्घटना भएको स्थानीय पत्रिका डब्लुयुएसएले जनाएको छ ।
उनी डिभी लटरीमार्फत अमेरिका एकल आएका थिए भने बिहेपछि परिवारलाई अमेरिका ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण