अमेरिकामा गाडीको ठक्करबाट नेपाली मूलका भुपेन उप्रेतीको मृत्यु
शनिबार, २२ असोज २०७९, ०७ : ००

अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरमा गाडीले ठक्कर दिंदा नेपाली मूलका भुपेन उप्रेतीको मृत्यु भएको छ । गत बिहिबार दिउँसो उनको मृत्यु भएको थियो ।
सुन्दरहरैचा नगरपालिका ७ मोरङ गोठ गाउँका उप्रेती हाल अमेरिकाको भर्जिनियाको मनाससमा परिवारसँग बस्दै आएका थिए । विगत साढे ४ वर्षदेखि उनी एबिसी पसलका व्यवस्थापक रुपमा काम गर्दै आएका थिए ।
प्रिन्स विलियम काउन्टी प्रहरी विभागका अनुसार गत बुधबार राती उनलाई कारले ठक्कर दिएको थियो । मनासस शहरको सडली म्यानोर र स्कोफिल्ड वे नामक सडकको बीचमा करिव ९:३० बजे उक्त दुर्घटना भएको स्थानीय पत्रिका डब्लुयुएसएले जनाएको छ ।
उनी डिभी लटरीमार्फत अमेरिका एकल आएका थिए भने बिहेपछि परिवारलाई अमेरिका ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतका कृषकलाई दुई लाख माछाका भुरा वितरण
-
जान्नुहोस् हज सम्बन्धी पाँच विशेष कुराहरू
-
संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम
-
सिङ्दी–दूधपोखरी हुँदै हर्पिङडाँडासम्म पदमार्गको खोजी गरिँदै
-
नेपालको ऐतिहासिक जित: १ विकेटले स्कटल्याण्ड स्तब्ध
-
१२ बजे १२ समाचार: गृहमन्त्रीको राजीनामा बटमलाइनदेखि यातायात सञ्चालनबारे अझै अन्योल