आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बैंक अफ काठमाण्डूले १ अर्ब ५८ करोड नगद लाभांश दिने

आइतबार, ३० असोज २०७९, १६ : ००
आइतबार, ३० असोज २०७९

बैंक अफ काठमाण्डू (बीओके) बैंकले गत आर्थिक वर्षको मुनाफाबाट झण्डै २१ प्रतिशत लाभांश दिने भएको छ । आइतबार बिहान बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम बैंकको चुक्ता पुँजीको १४.९५ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर गरी कुल २०.९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । 

प्रस्ताव बमोजिम नगद लाभांशका लागि बैंकले १ अर्ब ५८ करोड ८२ लाख ८७ हजार ११३ रुपैयाँ खर्च गर्नेछ भने ६३ करोड ७४ लाख ३९ हजार ६४४ रुपैयाँ ३२ पैसा बराबरको सेयर बोनस बाँड्ने छ । 
बोनस भने राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि सेयरधनीहरुमा वितरण हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप