सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक
आइतबार, ३० वैशाख २०८१, १० : ५१
काठमाडौँ । सभामुख देवराज घिमिरेले सदनको गतिरोध अन्त्य गर्न राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बोलाएका छन् ।
सभामुखले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न आज दिउँसो २ बजे सिंहदरबारस्थित कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सहित प्रमुख दलका प्रमुख सचेतक, सचेतकको बैठक बोलाएका हुन् ।
नेपाली कांग्रेसको अवरोधका कारण सरकारले ल्याउने भनिएको नीति तथा कार्यक्रम अन्योलमा परेको छ ।
जारी गतिरोध अन्त्यको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि राजनीतिक दलका शीर्ष नेताहरूसँग निरन्तर परामर्श गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण