सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक
आइतबार, ३० वैशाख २०८१, १० : ५१

काठमाडौँ । सभामुख देवराज घिमिरेले सदनको गतिरोध अन्त्य गर्न राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बोलाएका छन् ।
सभामुखले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न आज दिउँसो २ बजे सिंहदरबारस्थित कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सहित प्रमुख दलका प्रमुख सचेतक, सचेतकको बैठक बोलाएका हुन् ।
नेपाली कांग्रेसको अवरोधका कारण सरकारले ल्याउने भनिएको नीति तथा कार्यक्रम अन्योलमा परेको छ ।
जारी गतिरोध अन्त्यको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि राजनीतिक दलका शीर्ष नेताहरूसँग निरन्तर परामर्श गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘महाभोज’ को ‘लालुमै’ गीत सार्वजनिक
-
नेपाल विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्त
-
कोशीका मुख्यमन्त्री कार्कीद्वारा एकीकृत समाजवादीलाई पार्टी एकताको प्रस्ताव !
-
शिक्षकहरूले गराए शिक्षामन्त्रीको गम्भीर ध्यानाकर्षण
-
महानिरीक्षक अर्यालद्वारा हिमाल आरोही जंंगमको सम्मान
-
जेठ २ गतेबाट मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने माओवादीको निर्णय