शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा नेपालीहरुले विदेशीसँगै मनाए ह्यालोविन पर्व

मङ्गलबार, १५ कात्तिक २०७९, ०६ : ५७
मङ्गलबार, १५ कात्तिक २०७९

अमेरिकामा यस वर्ष ह्यालोविन पर्व विदेशीसँगै नेपाली समुदायले पनि मनाएका छन् । हरेक वर्षको अक्टोबर ३१ तारिखमा पर्ने ह्यालोविन पर्व नेपाली समुदायले पनि  खुसी तथा मनोरञ्जनपूर्वक मनाएका हुन् । 

अमेरिकामा विभिन्न राज्य तथा शहरहरुमा समय फरक हुनाको कही छिटो र कही ढिलो मनाउने क्रम जारी रहेको छ । विगतका वर्षमा कोरोना महामारीको कारण निकै कम खेलिएको यो पर्व यस पटक कोरोनाविरुद्धको खोप अधिकांशले लगाएकोले निर्धक्क साथ आफ्नो टोल र छरछिमेकमा विदेशी बालबालिकासँगै नेपाली समुदायले पनि पर्व मनाएका हुन् । 

यस वर्ष नेपालीहरुको महान दोश्रो ठुलो चाड तिहार र छठ समेत सकिएपछि ह्यालोविन पर्व आएको छ । अमेरिकामा मनाइने ईसाई पर्व धन्यवाद दिवससहित ह्यालोविन पर्व अमेरिकामा रहेका नेपाली समुदायले बिदेशीले झैँ मनाउने गरेका छन् ।

तिहारमा देउसी भैलो खेले झैँ अमेरिकाका बालबालिकाहरुले ट्रिक अर ट्रीटिंग अर्थात छल या व्यवहार गर भन्दै ह्यालोविन पर्व मनाउछन् । साथै ह्यापी  ह्यालोविन भन्ने पनि चलन छ । यसरी विदेशीहरुले खेले झैँ नेपाली बालबालिका किशोर किशोरीहरुले समेत आफ्ना छर छिमेक र नजिक पर्ने ठाउमा ह्यालोविन पर्व हर्सौल्लासका साथ मनाएका छन् ।

यो पर्वमा घर छिमेकमा जाने प्रायजसोले कालो रंगको पोशाक र विभिन्न भूतप्रेतको विभिन्न रङ्गका पोसाक लगाएको देखिन्छ । किशोरकिशोरी रबालबालिकाले आफूले ल्याएको झोलामा मिठाई माग्ने र घरधनीले झोला लिएर आएकालाई विभिन्न प्रकारका चकलेट दिने गर्दछन् । ह्यालोविन पर्वमा खेल्न आउने बालबालिका तथा किशोर किशोरीलाई तिहार झैँ पैसा दिनु पर्दैन ।

अमेरिकामा बालबालिकालाई रातीको समयमा छिमेकी कै घर वरपर भएता पनि एकल छोड्ने चलन हुदैन । यसरी बालबालिका खेल्न जाँदा उनीहरुको सुरक्षा तथा मार्ग दर्शन गर्न उनीहरुको साथमा अभिभावक पनि साथमा आउछन ।

बालबालिकाले पहेला ,निला ,काला ,सेता बस्त्र ,भूतप्रेत झैँ ,होलिका ,मुकुण्डो ,नकाव ,भोजमा लगाईने बिशेष पोशाकमा घर ,बजार तथा बिशाल बजारमा गएर मिठाई मागी मनोरंजन गर्दछन ।

 ह्यालोविन के हो ? किन मनाइन्छ ?
हलोविन वा ह्यालोविन (अल ह्यालज् इभिनिङको छोटकरी) विश्वका धेरै मुलुकहरुमा प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने पर्व हो। हलोविन इसाईहरूको एक चाड हो।  ह्यालोविन अक्टोबर महिनाको अन्तिम दिन मनाइन्छ। यो चाड इसाई धर्ममा ज्यादा प्रचलित छ।

गर्मीलाई बिदाई गर्न यो चाड मनाइन्छ। यो चाड पश्चिमा देशहरू संयुक्त राज्य अमेरिका, क्यानडा, स्कटल्यान्ड, न्युजिल्यान्ड आयरल्यान्ड, संयुक्त अधिराज्य, जर्मनी जस्ता देशमा बढी मात्रामा मनाइन्छ। यी बाहेक अरु देशमा पनि मनाइन्छ ।

यो चाड मनाउने देशको संख्या बढ्दो छ। आइरिस् (आयरल्यान्डका बासिन्दा) र स्कटिस् (स्कटल्यान्डका बासिन्दा)ले यो चाड उत्तर अमेरिका ल्याएका हुन्।

ईशाई दिवस (क्रिसमस) र धन्यवाद दिवस (थाङ्क्स गिभिङ्ग) पछिको सबै भन्दा खर्चिलो पर्वमा  ह्यालोविन हपर्दछ ।  ्हालोविन खेल्दा १२ बर्ष मुनिका भएमा अनिवार्य रुपमा अभिभावक साथमा हिड्ने गर्छन । यदि बालबालिका परिपक्व छ भने पनि आफ्नो नजिकका छर छिमेकि वरपर मात्र खेल्न सुझाव गर्दछन ।

अमेरिकामा राज्य ,संघीय सरकार र काउन्टी लगायतले अझ पनि कोरोना समाप्त नभएकोले सावधानी  र सतर्कता अपनाउन सुचना जारी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप