मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली दूतावास डिसीमा सुर-सुधा समूहको बेजोड प्रस्तुति

शनिबार, २६ कात्तिक २०७९, ०८ : ५१
शनिबार, २६ कात्तिक २०७९

अमेरिका भ्रमणमा रहेको नेपालको सुर-सुधा समूहले नेपाली दूतावास वाशिंगटन डिसीमा साङ्गीतिक साँझ कार्यक्रममा बेजोड प्रस्तुति दिएको छ ।  

सुर-सुधाको उत्कृष्ट प्रदर्शनमा अतिथिहरुले कर्तल ध्वनिका साथ सम्मानसमेत गरेका थिए । नेपाल र संयुक्त राज्य अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा दूतावासले अमेरिकी सरकारका विभिन्न विभाग, कूटनीतिक निकाय वाशिङटन, डीसी र कूटनीतिक निकायका अतिथिहरूका बीच पौराणिक नेपाली शास्त्रीय संगीत मण्डली (ब्यान्ड) सुर सुधा समूहको सांगीतिक साँझको आयोजना गरेको थियो।

बिहिबार साँझ दूतावास​मा आयोजना गरिएको सुर सुधा समूहका कलाकारहरुमा तबलामा संस्थापक तथा प्रमुख सदस्य सुरेन्द्र श्रेष्ठ, बाँसुरीमा रमण महर्जन, गितारमा विकास सुनार र स्वरमा सरस्वती खत्रीले प्रस्तुति दिएका थिए ।

उक्त कार्यक्रममा नेपालका लागि पूर्व राजदूत स्कट डेलिसी लगायत अन्य राजदूतहरुको पनि उपस्थिति रहेको थियो । अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले सबै अतिथिलाई स्वागत गरेका थिए  ।

डेलिसीले सुर-सुधाको प्रस्तुतिलाई मुक्त कण्ठले प्रशंसा गरेका थिए । सुर-सुधा समूह अमेरिकाको विभिन्न राज्यहरुमा नोभेम्बरको अन्त्य सम्म आफ्नो प्रस्तुति गर्ने छन्  ।

अमेरिकाको विभिन्न राज्यहरुमा प्रस्तुति गर्ने सिलसिलामा गत बुधबार भर्जिनियाको फ्रेडिक्सबर्ग स्थित हिमालयन हेरिटेजमा सुर सुधाले अद्वितीय प्रस्तुति गरेको थियो ।

सुर सुधाले विगत तीन दशक देखि बिश्वभरि नेपाल र नेपालीको पहिचान गराउदै संसारका बिभिन्न मुलुकहरुमा संगीत प्रस्तुत गरि नेपालको नाम उच्च राख्न सफल भएका छन् । प्रारम्भमा  शास्त्रीय संगीत मात्र प्रस्तुति गर्दै आएको सुर सुधाले धेरै बर्ष देखि गीत गाउने कलाकारहरुलाई समेत जोडेको छ ।

गत बुधबार भर्जिनियाको फ्रेडिक्सबर्गमा नेपालको लागी पूर्व अमेरिकी राजदूत स्कट डेलिसीको सहयोगमा अमेरिका नेपाल सोसाइटी (एएनएस)को संयोजनमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप