मंसिर ४ निर्वाचन : यस्ता हुनेछन् मतदान गर्ने मतपत्रको रङ
आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि हुने आम निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । मतदानका लागि आयोगले कूल ८ करोड ४ लाख २१ हजार ५ सय मतपत्र छपाई गरी ढुवानी सम्पन्न गरिसकेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको निर्वाचन प्रणालीका लागि ४ करोड ६ लाख ५ मतपत्र छपाई गरिएको छ भने समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ करोड ९८ लाख १६ हजार ५ सय मतपत्र छपाई गरी ढुवानी गरिसकिएको छ ।
कुन मतपत्र कस्तो रङको हुन्छ ?
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ४ वटा मतपत्रमा मतदान गर्नुपर्ने हुन्छ । प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेदवारको एउटा र समानुपातिकको अर्को मतपत्र हुन्छ । यस्तै प्रदेश सभाको एउटा प्रत्यक्ष उम्मेदवारको र अर्को समानुपातिक तर्फको गरी कुल ४ वटा मतपत्र हुन्छन् । प्रतिनिधि सभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपत्र अर्थात उम्मेदवारलाई भोट दिने मतपत्र सेतो कागजमा रातो रङको मसीले लेखिएको विवरण र रातो रङको चिन्ह हुन्छ ।
यस्तै राजनीतिक दललाई मत दिने अर्थात् समानुपातिक तर्फ प्रतिनिधि सभा र प्रदेश सभाको मतपत्र सेतो कागजमा कालो रङको अक्षर र चुनाव चिन्ह हुन्छ । यो पटकको प्रतिनिधि सधा र प्रदेश सभा निर्वाचनका लागि प्रयोग हुने मतपत्रमा २ वटा मात्र रङ प्रयोग भएको आयोगका उपसचिव एवं सहप्रवक्ता सूर्यप्रसाद अर्यालले रातोपाटीलाई जानकारी दिए । संक्षेपमा उम्मेदवारलाई भोट दिने मतपत्रमा रातो चुनाव चिन्ह हुन्छ भने समानुपातिक अर्थात् राजनीतिक दललाई भोट मतपत्रमा कालो रङको चुनाव चिन्ह हुन्छ ।
गत बैशाखमा भएको स्थानीय निर्वाचनमा भने सेतो कागजमा हरियो रङको विवरण र हरियो रङको चुनाव चिन्ह रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण