अर्घाखाँचीमा करसप्ताह सम्पन्न, तीन जना करदाता सम्मानित

करदाता सेवा कार्यालय सन्धिखर्कले एघारौँ कर दिवस तथा कर सप्ताहको अवसरमा करदाता सम्मान र कर्मचारी पुरस्कृत गरेको छ । बुधबार सन्धिखर्क नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा उद्योग, सेवा र व्यापार क्षेत्रका एक-एक गरी आर्थिक वर्ष २०७७/०७८ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने तीन जना करदातालाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा राप्ती ग्यावियन सिस्टम प्रा.लि., मोतिदान पि.टि.आर. जे.भी. र भुसाल आयल सेन्टर / अमर निर्माण सेवा रहेका छन् । यी मध्ये राप्ती ग्यावियन सिस्टम प्रा.लि. दसौँ कर दिवस-२०७८ को अवसरमा उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको थियो ।
सो अवसरमा कार्यालयमा कार्यरत कार्यालय सहयोगी सर्वजित बुढाथोकीलाई उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत गरियो । छनौट गरिएका व्यवसायी र कर्मचारीलाई प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले सम्मान-पत्र एवम् प्रशंसा पत्र प्रदान गरेका थिए । कर अधिकृत कमल सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रम नायब सुब्बा खुम बहादुर रावत क्षेत्रीले सञ्चालन गरेका थिए भने नायब सुब्बा पुष्पा पाण्डेले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।
सरकारले वि.सं. २०६९ देखि प्रत्येक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस र मङ्सिर १ देखि ७ गतेसम्म कर सप्ताह मनाउँदै आएको छ । यो वर्ष पनि आन्तरिक राजस्व विभाग र अन्तर्गतका देशभरका कार्यालयहरुमा स्वेच्छिक सहभागितासहितको फराकिलो कराधार; दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार भन्ने मुल नाराका साथ विवध कार्यक्रम गरी कर दिवस मनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सुरु
-
फोन पे एपमार्फत बिना इन्टरनेट भुक्तानी गर्न सकिने
-
२० वर्ष सेवा गरेका प्राध्यापकहरु सम्मानित
-
जीडीपीमा सहकारीको योगदान २० प्रतिशत माथि छ : सचिव डा.रेग्मी
-
विमानस्थलको सुधार चित्त बुझ्दो छैन, अझै प्रयत्न गर्नुहोस् : मन्त्री किराँती
-
ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा आमा छोराको मृत्यु