राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम प्रदेश विजयी

उननाइस वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम गण्डकी प्रदेशलाई एक सय १३ रनले पराजित गर्दै विजयी भएको हो ।
खेलमा सुदूरपश्चिमले दिएको दुई सय १४ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश ३२ दशमलव पाँच ओभरमा एक सय रनमा समेटियो । गण्डकीका लागि गोविन्द विकले २२ तथा अर्जुन कुमालले २० रन बनाएका थिए । कप्तान सुवास भण्डारीले १६ रन जोड्दा करन पगेङ्नीले १५ रन बनाए ।
सुदूरपश्चिमका लागि मिलन बोहोराले छ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४९ दशमलव तीन ओभरमा अलआउट हुँदै दुई सय १३ रन बनाएको थियो । सुदूरपश्चिमका लागि आकाश चन्दले ४० तथा कप्तान अनुज सिंहले ३७ रन बनाए । नरेन साउदले २८ तथा मिलन बोहोराले २४ रन बनाउँदा हेमन्त धामी र गजेन्द्र बोहोराले समान १९÷१९ रन बनाए । दीपक बोहोरा ११ रनमा आउट भए ।
गण्डकीका लागि कप्तान सुवास भण्डारीले तीन विकेट लिए भने सुदिप अर्याल, सचिनराज अधिकारी, अर्जुन कुमाल, सिब्रिन श्रेष्ठ, निर्तिश गिरी र शिशिर भुषालले समान १÷१ विकेट लिएका थिए । प्रतियोगिताको विजेताले रु दुई लाख तथा उपविजेताले रु एक लाख पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला सहभागिता पुरुष बराबर बनाउने कुरालाई राजनीतिक दलले बेवास्ता गरे : तीर्थमान शाक्य
-
रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु
-
कर्णालीमा धमाधम पक्राउ पर्दै फरार प्रतिवादी
-
२०३६ सालमा उद्घाटन भएको बाटो बनाउन मन्त्रीलाई रुलिङ होस् : सांसद अनिशा नेपाली
-
अनेरास्ववियुले गर्यो जनक शिक्षा घेराउ
-
संसदमा गगन थापा : कुखुरा पालक किसानले कुनै अप्रिय निर्णय गरे सरकारले आँसु बगाउने हो ?