पूर्वी युक्रेनका दुई बस्ती रुसको कब्जामा
बिहीबार, १५ मङ्सिर २०७९, ०९ : २३
युद्धग्रस्त सहर बाख्मुट नजिकै दुई पूर्वी युक्रेनी बस्ती कब्जा गरेको रुसी सेनाले जनाएको छ । उक्त सहरलाई मस्कोले लामो समयदेखि कब्जा गर्न खोजिरहेको जनाइएको थियो ।
दोनेत्स्क क्षेत्रमा आक्रमक कारबाहीपछि रुसी सेनाले बिलोगोरिभका र पर्से ट्राभन्याका बस्तीहरू पूर्ण रूपमा मुक्त गरेको रुसी सेनाले दाबी गरेको छ ।
बिलोग्रोरिभ बाख्मुटबाट २५ किलोमिटर उत्तरमा पर्छ । खेरसन र खार्किभबाट पछि हटेपछि केही हताश देखिएको रुसी सशस्त्र सेनाले बाख्मुतको लडाइँमा आफ्नो सम्पूर्ण शक्ति लगाएपछि सानो उपलब्धि प्राप्त गरेको छ ।
रुसी भाडाका सैनिकहरु र भर्खर परिचालन गरिएका सेनाहरू यस क्षेत्रमा मस्कोका लागि लडिरहेका जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार