ग्वार्कोमा नेपालको पहिलो फ्लाई ओभरको निर्माण शुक्रबारबाट शुरु हुने
सोमबार, १९ मंसिर २०७९, १२ : १९

नेपालको पहिलो फ्लाई ओभरको निर्माण कार्य आगामी शुक्रबारबाट शुरु हुने भएको छ । ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाई ओभर १४ महिना भित्र सम्पन्न गर्ने गरी शुक्रबारबाट निर्माण थालनी गर्ने तयारी रहेको सडक विभागले जनाएको छ ।
इपीसी (इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा निर्माण गर्ने गरी विभागले गत साउनमा उक्त आयोजनाको टेन्डर आह्वान गरेको थियो । जसमा आरसी, समानान्तर र रेलिग्रे जेभी टेन्डर छनोटमा परेका छन् ।
कुल १७ करोड ६८ लाख रुपैयाँ लगानीमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको जेभी कम्पनीले गत फागुनदेखि आयोजनाको डिजाइन बनाउन सुरु गरेको थियो । आयोजनाको डिजाइन गत साता मात्रै सडक विभागबाट स्वीकृति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ देखि ५ कक्षासम्मका पाठ्यपुस्तक छाप्न निजीलाई जिम्मा दिने तयारी
-
यस्तो हुनेछ परराष्ट्रमन्त्री पौड्यालको श्रीलंका भ्रमणको कार्यतालिका
-
संसद् भवन परिसरमा शक्तिबहादुर बस्नेत
-
भारत सरकारको बजेट–यस्ता छन् मोदी सरकारका मुख्य प्राथमिकता
-
दक्षिण एसियाली देशहरूबीच कनेक्टीभीटी र क्षेत्रीय मूल्य श्रृंखलाको विकास गर्न महासंघको आग्रह
-
प्रधानमन्त्रीले गृहमन्त्री नियुक्तिमा ढिलाइ गर्नुहुन्न : ठाकुर गैरे