ककनीमा एक महिने थाङ्का तालिम सुरु
बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको आयोजनामा थाङ्‌का लेखन तालिम सुरु भएको छ। ककनीमा धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले एक महिने थाङ्‌का तालिम आयोजना गरिएको समितिका कार्यकारी निर्देशक होम दोङले जानकारी दिए ।
कार्यकारी निर्देशक दोङले भने‚‘धार्मिक पर्यटनलाई जोड दिनका खातिर ककनीमा यो तालिमको आयोजना गरेको हो । तालिममा सहभागीले सीप र ज्ञान सिक्न पाउनेछ ।’ उनले यो अवसरलाई सही सदुपयोग गर्न अनुरोधसमेत गरेका छन् ।
सीप ज्ञान अमूल्य हुन्छ । आजको युगमा बौद्ध दर्शनसँग जोडिएको थाङ्काले व्यावसायिक रूपमा अघि बढ्न सहज हुने कार्यकारी निर्देशक दोङले बताए ।
यसै गरी तालिमका प्रशिक्षक मोहन दोङले हामी तालिम अवधिभर थाङ्काको उत्पत्ति, लेखन विधि, शैली र मानव सभ्यताको बिकासक्रमसँग जोडिएको विषयवस्तुसँग केन्द्रित रहने बताए ।
‘थाङ्कामा बौद्ध दर्शनसँग जोडिएको इतिहास बोकेको हुन्छ । यसलाई व्यावसायिक रूपमा अगाडि बढाउन सके यसले आर्थिक उपार्जन गर्न सकिन्छ । यसबाट आम्दानीको राम्रो स्रोत बनाउन सकिन्छ ।’ उनले भने‚ ‘यो एक महिना तालिम उपलब्धिमूलक हुनेछ ।’
उनले थाङ्क लेखनबाट आर्जित आर्थिकले शिक्षामा लगानी गर्दा छोराछोरीको भविष्य उज्यालो बनाउन सहज भएको उदाहरण दिँदै यो सीपले जीविकोपार्जनमा सजिलो बनाउने बताए ।
तालिम अवधिभर प्रशिक्षणमा मोहन दोङ, भुवनदास तामाङ, निपुण तामाङ रहनेछ । तालिममा ताप्लेजुङ, सोलुखुम्बु, धादिङ‚ नुवाकोट‚ रामेछाप लगायतका करिब डेढ दर्जनभन्दा बढीको सहभागिता रहेका छन् ।
कार्यक्रममा तालिमका संयोजक सन्जु योङ्गया र सहसंयोजक लक्ष्मी रुम्बा लगायतको उपस्थिति रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द
-
राजदूत पौड्यालद्वारा गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
‘ब्याकअप’मा राष्ट्रपति देखाउँदै कोशीका मुख्यमन्त्री
-
अमेरिका : प्यालेस्टाइनको समर्थनमा आन्दोलनरत ३ सय विद्यार्थी पक्राउ
-
प्रविधिको उच्चतम प्रयोगबाट मात्रै मुलुकमा सुशासन र समृद्धि : सञ्चारमन्त्री शर्मा
-
सलमानको घरमा गोली चलाउने अभियुक्तको आत्महत्यामाथि प्रश्न, प्रहरीले हत्या गरेको दाबी