प्लेयर टू वाच : ब्रुनो फर्नान्डेज, पोर्चुगल

पछिल्लो चार वर्षमा युरोपियन फुटबलमा निरन्तर राम्रो प्रदर्शन गर्ने मिडफिल्डरमा पर्छन्, ब्रुनो फर्नान्डेज । पोर्चुगलको स्पोर्टिङको क्लबबाट म्यानचेस्टर युनाइटेड आइपुगेका फर्नान्डेजले प्रिमियर लिगमा आफूलाई स्थापित गरिसकेका छन् ।
कतार विश्वकप २०२२ को युरोपियन प्लेअफमा उत्तरी म्यासेडियोनियालाई २–० गोलले हराउँदा फर्नान्डेजले एक गोल गरेका थिए । विपक्षीको बक्सको छेउमा फर्नान्डेज सधैँ चुनौतीको रूपमा रहन्छन् । उनको बल प्रहार गर्ने क्षमताका साथै आफ्नो सहकर्मीका लागि सटिक पास निकाल्ने क्षमताले गर्दा उनी डिफेन्डरका लागि टाउने दुखाई बन्ने गर्छन् । डेड–बलको अवस्था होस् या पेनाल्टी, उनी त्यसमा पनि भरोसायोग्य खेलाडी हुन् ।
सन् २०१७ मा पोर्चुगलका लागि डेब्यू गरेका फर्नान्डेजले हालसम्म देशका लागि ५१ खेलमा १३ गोल गरेका छन् । जारी विश्वकपमा पनि उनले दुई गोल गरिसकेका छन् । समूह एचमा रहेका पोर्चुगलले दुई खेलमा जीत तथा एक खेलमा पराजय बेहोर्दै समूह विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको हो । आज राति हुने खेलमा पोर्चुगलले समूह जीको उपविजेता स्वीटजरल्याण्डको सामना गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठक
-
नेविसंघ स्ववियु निर्वाचन घोषणापत्र तयारी समितिमा सदस्य थप
-
स्याङजामा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु
-
डीपी अर्याललाई कार्यकारी सभापति बनाउने रास्वपाको तयारी
-
चैत्यदेवी र वसुन्धराले एमाले अध्यक्ष ओलीलाई किन भेटे ?
-
त्रिदेशीय एकदिवसीय सिरिजका लागि २८ खेलाडी बन्द प्रशिक्षणमा