लमजुङका निर्वाचित जनप्रतिनिधि मतदातालाई धन्यवाद दिन गाउँगाउँमा

हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा निर्वाचित जनप्रतिनिधिहरू मतदातालाई धन्यवाद व्यक्त गर्न गाउँगाउँ पुगेका छन्।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमालेका पृथ्वी सुब्बा गुरुङ, प्रदेश सभा (क)मा निर्वाचित टकराज गुरुङ, (ख) मा निर्वाचित भेषबहादुर पौडेल गाउँगाउँमा पुगेका हुन् ।
निर्वाचनअघि मत माग्न गाउँ पुगेका उनीहरू निर्वाचित भएपछि पनि धन्यवाद दिन गाउँगाउँ पुगेका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ आफ्नो जन्मथलो क्व्होँलासोंथर गाउँपालिका–९, गिलुङ टक्सार, पालिकाका अन्य गाउँ, मध्यनेपाल नगरपालिकाका केही गाउँ, सुन्दरबजारको दुराडाँडा, राइनास नगरपालिका र मर्स्याङ्दी गाउँपालिकाका केही ठाउँमा पुगेका छन् ।
प्रदेश सभा (क)मा निर्वाचित डा. टकराज गुरुङ र प्रदेश सभा (ख)मा निर्वाचित भेषबहादुर पौडेलले अधिकांश ठाउँमा पुगेर मतदातालाई धन्यवाद ज्ञापन गरेका छन् ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित
-
खुदोबाट आर्थिक समृद्धिको प्रयासमा मालेपाटन ढोडबेँसीवासी
-
बागमतीमा ३ मन्त्रालय घट्दा वार्षिक २ करोड बढी रकम जोगिने
-
यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची
-
मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने
-
निधिको नेतृत्वमा देवशिला पुग्यो गोरखपुरमा, आज अयोध्या पुर्याइने