शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सीले भने, ‘यो मेरो अन्तिम विश्वकप हो’

बुधबार, २८ मङ्सिर २०७९, ११ : ०७
बुधबार, २८ मङ्सिर २०७९

अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् ।

पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । फाइनल डिसेम्बर १८ मा आइतबार हुनेछ ।

दोस्रो सेमिफाइनल मोरक्को र डिफेन्डिङ च्याम्पियन फ्रान्सबीच हुनेछ । क्रोएसियाविरुद्धको खेलमा मेस्सीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । उनले पेनाल्टीमा गोल गर्नुका साथै अल्भारेजको एक गोलमा असिस्ट पनि गरेका थिए ।

खेलपछि मेस्सीले भने,  ‘विश्वकपमा फाइनल खेलेर आफ्नो यात्रा समाप्त गर्न पाउँदा निकै खुसी छु । यो वास्तवमा निकै सुखद छ । यो विश्वकपमा जे भयो, त्यो निकै भावनात्मक रह्यो । अर्जेन्टिनाका मानिसहरूले यसको कति आनन्द लिनुभयो भनेर हेर्नु पनि निकै सुखद रह्यो । अर्को विश्वकप आउन अझै लामो बाटो छ । म त्यति लामो समयसम्म गर्न सक्छु जस्तो लाग्दैन । यसरी विश्वकपको यात्रा समाप्त गर्नु शानदार हो । ’

३५ वर्षीय मेस्सीको यो पाँचौं विश्वकप हो । मेस्सीको यात्रा अचम्मको छ र उनले हरेक उपलब्धि हासिल गरेका छन् । उनको खातामा विश्वकप मात्र छैन । मेस्सीले यस विश्वकपमा उपाधि जितेर आफ्नो सपना पूरा गर्ने आशा राखेका छन् ।

मेस्सीले कीर्तिमानी सात पटक विश्वकै उत्कृष्ट फुटबलरको अवार्ड जितेका छन् । उनले एक पटक फिफाको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड पनि जितेका छन् । उनले चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । उनले गत वर्ष कोपा अमेरिकाको उपाधि पनि जितेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप