शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व कपको पुरस्कार राशि : विजेताले कति कमाउँछन् ?

आइतबार, ०३ पुस २०७९, १३ : ०८
आइतबार, ०३ पुस २०७९

कतारमा आयोजना भइरहेको फिफा विश्व कप २०२२ मा प्रशस्त पुरस्कार राशि छ । धेरैजसो टोलीहरूको ध्यान प्रतिष्ठित ट्रफी उचाल्ने र आफ्ना राष्ट्रहरूको राम्रो प्रतिनिधित्व गर्नेमा हुने भए पनि पिचमा सफल हुनेहरुका लागि ठोस लाभ पक्कै पनि छ ।

पुरस्कार राशि विशेष गरी साना राष्ट्रहरूका लागि लाभदायी हुनसक्छ किनभने यसमार्फत् भविष्यमा आयोजना हुने खेलका लागि तयार हुनका लागि पूर्वाधार विकास गर्न सकिनेछ । हालका वर्षहरूमा विश्व कपको लागि पुरस्कार रकमको कुरा गर्दा सन् २०२२ को यो खेल पनि भिन्न छैन । बिजेताले रेकर्ड नै तोड्ने खालको पुरस्कार पाउनेछन् ।

स्पोर्टिङ न्युजले प्रत्येक टिमले कति पुरस्कार राशि प्राप्त गर्न सक्लान् भनेर जानकारी दिएको छ ।

२०२२ विश्व कपको कुल पुरस्कार राशि

फिफाले कतारमा आयोजित २०२२ विश्व कपका लागि कुल ४४० मिलियन डरल (५८ अर्ब रुपैयाँ) विनियोजन गरेको छ ।

सन् २०१८ को प्रतिस्पर्धाभन्दा यो ४० मिलियन डलरको वृद्धि हो । सन् २०१४ मा ब्राजिलमा आयोजित सन् २०१४ को विश्व कपमा ३५८ मिलियन डलर (४७ अर्ब रुपैयाँ) विनियोजन गरिएको थियो ।

यो धेरै नै महत्वपूर्ण रकम भए पनि फिफाको २०२२ मा ४.६ बिलियन डलरको राजस्व बजेट छ । यसका साथै प्रसारण अधिकारले मात्रै २.६ बिलियन डलर आयमा योगदान दिन्छ ।

२०२२ को विश्व कपका विजेताले कति पुरस्कार राशि पाउनेछन् ?

अप्रिल २०२२ मा फिफाले कतार विश्व कपका विजेताले ४२ मिलियन डलर पुरस्कार राशि पाउने घोषणा गरेको छ ।

सन् २०१८ को तुलनामा यो ४ मिलियन डलरको वृद्धि हो । पछिल्लो ४० वर्षमा पुरस्कार राशिमा लगातार वृद्धि भइरहेको छ ।

सन् २००६ भन्दा अघि विश्व विजेता टोलीले १० मिलियन डलरभन्दा बढी जितेनन् । यस्तै, सन् १९८२ च्याम्पियन्स इटालीले २.२ मिलियन डलर पुरस्कार राशि जितेको थियो ।

सन् २००२ मा फिफालाई राष्ट्रिय टोलीले पुरस्कार राशि बढाउन निकै दबाब दिए ।

विश्व कप २०२२ पुरस्कार राशि : प्रत्येक टोलीले कति पाउँछन् ?

पुरस्कार राशि उच्च भएकोले कतार विश्व कपमा खेल्ने प्रत्येक टोलीले मनग्गे आम्दानी गर्नेछन् ।

२०२२ को विश्वकपका लागि क्वालिफाई हुने प्रत्येक टोलीले १.५ मिलियन डलर सहभागिता शुल्क तिर्ने गर्छन् । तर प्रतियोगितामा नकआउट चरण तिर प्रवेश गर्दै गर्दा टोलीले धेरै नै कमाउन सक्छन् ।

फिफाद्वारा सार्वजनिक गरिएको पुरस्कार राशिको सूची यस प्रकार छ ।

कतार २०२२ – प्रत्येक देशको कमाई

विश्व कपमा खेलाडीले जति पैसा पाउँछन् ?

फुटबल भनेको समूह खेल हो तर विश्व कपमा खेल्ने खेलाडीले आर्थिक लाभ पनि पाउँछन् ।

राष्ट्रिय टोली र विभिन्न खेलाडीको तलब भिन्न भएपनि उनीहरुले विश्व कपमा जित्ने पुरस्कार राशिको सेयर पाउँछन् ।

फिफाले प्रत्येक टोलीलाई खेलाडीसँग कति सेयर बाँड्ने भनेर निर्णय गर्न स्वतन्त्र छोडेको छ । जर्मनीले आफ्ना प्रत्येक खेलाडीलाई सन् २००६ मा घरेलु मैदानमा उपाधि जितेको खण्डमा लगभग ४ लाख अमेरिकी डलर बोनस दिने बाचा गरेको थियो ।

सन् २०२२ मा अष्ट्रेलियाले नकआउट चरणमा प्रवेश गरेबापत् आफ्ना सबै खेलाडीलाई २ लाख २६ हजार अष्ट्रेलियन डलरका साथै अतिरिक्त २ लाख ९० हजार अष्ट्रेलियन डलर दिने बताइएको थियो ।

अन्य देशले योभन्दा केही कम वा बढी दिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप