बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अर्जेन्टिनी गोलकिपर भन्छन्, ‘एम्बाप्पेलाई फुटबलबारे धेरै थाहा छैन’

आइतबार, ०३ पुस २०७९, १६ : ४४
आइतबार, ०३ पुस २०७९

फ्रेन्च स्ट्राइकर किलियान एम्बाप्पेले दक्षिण अमेरिकी फुटबलको आलोचना गरेपछि अर्जेन्टिनी गोलकिपर इमी मार्टिनेजले त्यसको जवाफ फर्काएका छन् । एम्बाप्पेले गत मेमा युरोपियन राष्ट्रहरूले ‘एक अर्कासँग उच्च स्तरको फुटबल खेलेर’ विश्वकपका लागि बढी तयार हुने बताउँदै ब्राजिल र अर्जेन्टिनाले त्यस अनुसारको तयारी नपाउने बताएका थिए । 

विश्वकपको फाइनल खेलअघि मार्टिनेजलाई सो प्रसङ्ग सम्झाउँदै पत्रकारहरुले प्रश्न गरेका थिए । जवाफमा मार्टिनेजले भने, ‘उनलाई फुटबलबारे धेरै थाहा छैन । उनले दक्षिण अमेरिकामा कहिल्यै खेलेका छैनन् । यदि तपाईंसँग अनुभव छैन भने तपाईंले त्यसबारे नबोलेकै राम्रो । तर त्यस कुराको केही अर्थ छैन । हामीसँग उत्कृष्ट टोली रहेको छ,’ उनले पत्रकार सम्मेलनमा भने ।

मार्टिनेजले मात्र होइन अर्का अर्जेन्टिनी खेलाडी लाउटारो मार्टिनेजले पनि एम्बाप्पेको टिप्पणीप्रति प्रतिक्रिया जनाएका थिए । उनले एम्बाप्पेको भनाईलाई ‘अनुचित’ भएको बताएका थिए भने ब्राजिलका पूर्व प्रशिक्षक टिटेले पनि ‘ब्राजिलले अजरबैजानसँग खेल्नुपर्दैन’ भनेर जवाफ फर्काएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप