शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

द ब्रिटिस कलेजमा नयाँ आइटी प्रोग्राम्स्

सोमबार, ०४ पुस २०७९, १९ : २७
सोमबार, ०४ पुस २०७९

बेलायतको किल् विश्वविद्यालयसँगको साझेदारीमा ‘द ब्रिटिस कलेज’ले ‘एमएस्सी एड्भान्स कम्प्युटर साइन्स’ लञ्च गर्न लागेको हो । यो प्रोग्राम ‘द ब्रिटिस कलेज’को सहायक संस्था ‘द ब्रिटिस इन्टरनेशनल कलेज’ द्वारा सञ्चालन गराइनेछ । यो कोर्सका लागि आवेदन दिने पहिलो ३० आवेदकहरूलाई छात्रवृत्ति पनि उपलब्ध गराइने कलेजले जनाएको छ । 

किल् विश्वविद्यालयको यो कोर्स निकै एडभान्स तरिकाले डिजाइन गरिएकाले विद्यार्थीहरूका लागि निकै फलदायी हुने कलेजले जनाएको छ । यो कोर्सले विद्यार्थीहरूलाई कम्प्युटर साइन्सको विभिन्न क्षेत्र (प्रोग्रामिङ ल्याङग्वेयज, अल्गोरिदम्स, डेटा साइन्स, कम्प्युटर आर्किटेक्चर, र सफ्टोयर इन्जिनियरिङ) लाई समेट्ने कलेजले जनाएको छ ।  

किल् विश्वविद्यालय युकेमा अध्ययनरत विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आइरहेको छ । ब्रिटिस कलेजका सिइओ राजन कँडेलले भने, ‘उक्त विश्वविद्यालयसँग पार्टनरसिप गर्न पाउँदा हामी उत्साहित छौँ । नयाँ शैक्षिक कार्यक्रमहरूले विद्यार्थीहरूको ज्ञान र सिपको विकास गर्ने कुरामा हामी प्रस्ट छौँ । यसले समाजलाई ‘डिजिल ट्रान्सफमेसन’ गर्न सहयोग गर्नेछ ।’ 

यो डिग्री हासिल गर्न चाहने विद्यार्थीहरूलाई छात्रवृत्तिको सुविधा समेत उपलब्ध छ । यो कोर्समा भर्ना हुने पहिलो ३० जना विद्यार्थीहरूलाई ट्युसन फी मा ५० प्रतिशत छात्रवृत्ति उपलब्ध हुनेछ । यो अफर जनवरी महिनासम्म मात्र हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप