शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश सांसद मन्त्री बन्ने लबिङमा

मङ्गलबार, १२ पुस २०७९, १७ : ५९
मङ्गलबार, १२ पुस २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश सांसद मन्त्री बन्ने लबिङमा लागेको पाइएको छ । सो पार्टीबाट प्रत्यक्ष ७ र समानुपातिकमा १३ गरेर कुल २० सांसद छन् । जसमध्ये पार्टी सभापति समेत रहेका लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री भएपछि अधिकांश सांसदले मन्त्री बनाउन लबिङ थालेका हुन् । 

लामिछानेलाई भेटेर सांसदहरुले मन्त्री बनाउन माग गर्दै लविङ गर्न थालेको एक सांसदले बताए । ‘पार्टी सरकारमा गएपछि मेरो पनि मन्त्रीको सम्भावना छ । तर, सभापतिले कसकसलाई मन्त्री बनाउनुहुन्छ थाहा छैन।’ ती सांसदले भने,‘पार्टीमा मैले जस्तै धेरै साथीहरुले दाबी गर्नु भएको छ । खै को कोलाई मन्त्री बनाउनु हुन्छ थाहा छैन ।’ 

तर, पार्टी केन्द्रीय सदस्य गणेश कार्कीले सरकारलाई भन्दा प्रतिपक्षलाई बलियो बनाउन खोजेपनि असफल भएको बताए । ‘कुनै पनि काम गर्न मन्त्री पद चाहिन्छ भन्ने छैन । सांसद नै भएपनि धेरै काम गर्न  सकिन्छ,’ काकीले भने, ‘पार्टीका सांसदहरुलाई प्रतिपक्षको भुमिका कस्तो हुनुपर्छ । संसदीय प्रक्रियामा कसरी प्रभावकारी रुपमा निभाउनुपर्छ भन्ने सिकाउन पाएको राम्रो हुन्थ्यो । प्रतिपक्षमा बसेरपनि धेरै काम गर्न सकिन्छ भन्ने हो ।’  कार्कीले लामो समय पार्टी सरकारमा नगएर प्रतिपक्षमै बसेर बस्नुपर्ने लविङ गर्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप