इन्धनको मूल्य घट्यो
दोहा । अन्तर्राष्ट्रिय बजारमा मङ्गलवार कच्चा तेलको मूल्य घटेको छ । कतारको दोहामा इरान र अमेरिकाबिच सम्भावित वार्ताप्रति लगानीकर्ताको ध्यान केन्द्रित भइरहेका बेला तेलको भाउ घटेको हो ।
चार महिनादेखि जारी द्वन्द्वबिचको अस्थायी युद्ध विराम अझै पनि तनावपूर्ण रहेकाले बजार भने सतर्क बनेको छ । अर्कोतर्फ, चीनबाट कच्चा तेलको माग अपेक्षाअनुसार नबढेको चिन्ताले पनि तेलको मूल्यमा दबाब परेको विश्लेषण गरिएको छ।
मङ्गलवार लन्डनस्थित आईसी एक्सचेञ्जको केमेक्स डिभिजनमा कच्चा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ शून्य दशमलव ९ प्रतिशतले घटेर प्रति ब्यारेल ७२ डलर ५१ सेन्टमा झरेको छ । यो गत महिनाको अन्त्यको तुलनामा करिब २२ प्रतिशत अर्थात् झन्डै २० डलर कम हो ।
त्यस्तै, न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) पनि शून्य दशमलव ६ प्रतिशतले घटेर प्रति ब्यारेल ७० डलर ३६ सेन्टमा ओर्लिएको छ । मे २९ को तुलनामा यो करिब १९ प्रतिशत अर्थात् १७ डलर कम हो । दुवै प्रमुख तेल सूचकांक अहिले फेब्रुअरीको अन्त्यतिर युद्ध सुरु हुनुअघिकै मूल्यको नजिक पुगेका छन् ।
केसीएम ट्रेड्सका प्रमुख बजार विश्लेषक टिम वाटररले दोहामा सम्भावित वार्ताबाट सकारात्मक नतिजा आउने अपेक्षाले लगानीकर्ताहरूले मूल्य निर्धारण गरिरहेको बताए । तर स्ट्रेट अफ होर्मुजबाट तेल आपूर्ति पूर्ण रूपमा सामान्य भएको स्पष्ट संकेत भने अझै नदेखिएको उनले उल्लेख गरे । उनका अनुसार बजारमा आशा भए पनि द्वन्द्व वास्तवमै कम भएको ठोस प्रमाण नआएसम्म लगानीकर्ताहरू सतर्क रहनेछन् ।
यसैबिच, इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले इरानी र ओमानी विज्ञहरूले आगामी केही दिनभित्र स्ट्रेट अफ होर्मुजमा जहाज मार्ग पुनः निर्धारणबारे वार्ता सुरु गर्ने जानकारी दिएका छन् ।
निर्धारित मार्गबाहिर सञ्चालन हुने जहाजलाई अवरोध गर्ने प्रयास गरिने पनि उनले बताए । यद्यपि, इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले निकट भविष्यमा अमेरिकासँग कुनै पनि तहमा वार्ता नहुने स्पष्ट पारेका छन् । उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोहामा हुने सम्भावित बैठक “महत्त्वपूर्ण हुन पनि सक्छ, नहुन पनि सक्छ“ भन्दै त्यसको नतिजा प्रतीक्षा गर्नुपर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्याटमा ३० प्रतिशत अग्रीम कट्टीको व्यवस्था खारेज, निर्माण व्यवसायीको वर्षौँदेखिको माग पूरा
-
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
-
रित्तिँदै राहदानीको मौज्दात, सरकारभित्रै छैन एकमत
-
अफगानिस्तानमा रहेका बारुती सुरुङ हटाउने घोषणा
-
पूर्वी भारतको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते
-
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण