शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङ अस्पतालमा औषधि अभाव, बिरामी समस्यामा

बुधबार, २६ पुस २०७४, ०८ : ३१
बुधबार, २६ पुस २०७४

लमजुङ जिल्ला सामुदायिक अस्पतालमा निःशुल्क औषधि अभाव भएको छ । नेपाल सरकारले उपलब्ध गराउँदै आएको औषधि अभाव भएपछि बिरामी समस्यामा परेका छन् ।
केही औषधि तीन महिनादेखि सकिएको हो भने अधिकांश औषधी पुष महिना लागेलगत्तै सकिएको अस्पतालले जनाएको छ । 

निशुल्क उपलब्ध हुने ७२ प्रकारका औषधि अस्पतालमा नभेटीएपछि सेवाग्राही बाहिरबाटै  औषधि किन्न बाध्य भएका छन् ।

अस्पतालबाट नियमित रुपमा प्रेसर र सुगरका औषधी सेवन गर्दै आएका बिरामीलाई समस्या परेको छ । टाढा टाढाबाट औषधी लिन आएका नागरिकले अस्पतालमा औषधि छिट्टै ल्याउनुपर्ने माग गरेको अस्पतालका प्रशासन प्रमुख युवराज देबकोटाले रातोपाटीलाई बताए । 

औषधि खरिदका लागि सरकारबाट वार्षिक बजेट आउने गरेकामा यो वर्ष नआएकाले निःशुल्क औषधि खरिद गर्न नसकिएको देवकोटाले जानकारी दिए ।

मानव विकास तथा सामुदायिक सेवा संस्थाको व्यवस्थापनमा सञ्चालन भएको सामुदायीक अस्पतालमा निःशुल्क औषधिका लागि नेपाल सरकारले जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत अनुदान दिँदै आएको छ । पछिल्लो समय स्वास्थ्यसम्बन्धी सबै बजेट स्थानीय तहमा गएपछि जिल्ला अस्पतालले औषधि खरिद गर्न नपाएको हो ।

औषधि व्यवस्थापनका लागि अस्पताल विकास समिति र स्थानीय तहसँग छलफल भएको देवकोटाले जानकारी दिए । देवकोटाका अनुसार औषधि खरिदका लागि समितिले पहल गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समुन्द्रा घिमिरे
समुन्द्रा घिमिरे
लेखकबाट थप