३४ जिल्लामा प्रहरीको अपराध अनुसन्धान तथा नियन्त्रणसम्बन्धी तालिम
पोखरा –नेपाल प्रहरीले देशब्यापी रुपमा अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धि प्रशिक्षण सञ्चालन गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा आईतवारदेखि देशका ३४ जिल्लामा एकसाथ अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धि प्रशिक्षण सुरु गरिएको हो । घुम्ती प्रशिक्षण योजना अनुसार प्रहरी हवल्दार तथा जवानलाई लक्षित गरी सञ्चालन गरिएको तालिममा प्रत्येक जिल्लामा ३५ जना सहभागी छन् । गण्डकी अञ्चलको कास्की सहित, स्याङजा, तनहु र मनाङमा आईतवार देखि प्रशिक्षण सुरु भएको अञ्चल प्रहरी कार्यालय गण्डकीले जनाएको छ । बाँकी जिल्लामा दोस्रो तहमा प्रशिक्षण सञ्चालन हुने बताइएको छ । अपराध अनुसन्धानमा संलग्न प्रहरी जनशक्ति बृद्धि गर्नुको साथै तत्लो तहमा रहेका प्रहरीको क्षमता अभिबृद्धिको लागि तालिम फलदायी हुने विश्वास लिइएको छ । कास्कीमा आयोजित प्रशिक्षण उद्घाटनको अबसरमा गण्डकी अञ्चल प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक महेन्द्र बहादुर पोखरेलले यसअघि केन्द्रिय तहमा मात्रै सञ्चालन हुदै आएको तालिम स्थानिय स्तरमा सञ्चालन सुरु गरिएको बताए । प्रहरी जवान र हवल्दार संगठनको मेरुदण्ड भएको उल्लेख गर्दै उनले तत्लो तहलाई सक्षम बनाउने योजना सहित स्थानिय स्तरमा तालिम सञ्चालन गर्नुपरेको स्पष्ट पारे । यसअघिको ३१ दिने तालिमलाई संक्षेपीकरण गरी ६ दिनमा झारिएको पोखरेलले बताए । कास्कीका प्रमुख जिल्ला न्यायधिबक्ता गंगा प्रसाद पौडेलले प्रहरीको अपराध अनुसन्धान कमजोर भए अपराध प्रमाणीकरण गर्ने निकायमा असर पर्ने बताए । अपराध अनुसन्धानको काम प्रभावकारी बनाउन र अनुसन्धानको सुचना चुहावट हुन नदिन अनुसन्धान अधिकृतहरु सजक हुनुपर्नेमा उनले जोड दिए । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक घनश्याम अर्यालले प्रहरीको अपराध अनुसन्धानमा थुप्रै त्रुटीहरु रहेकाले अदालत सम्म पुगेका कतिपय मुद्धाहरु असफल हुने गरेको बताए । नजशक्तिको अभावले अनुसन्धानमा समस्या भएका बेला जिल्ला स्तरमा आयोजित प्रशिक्षणले सहयोग पुग्ने उहाको विश्वास छ । पहिलो चरणमा देशका ३४ जिल्लामा सञ्चालित प्रशिक्षणमा एक हजार एक सय ९० प्रहरी हवल्दार र जवान सहभागी छन् । नेपाल प्रहरीले एक बर्ष अघि ल्याएको अपराध अनुसन्धान सम्बन्धि तीनबर्षे रणनीतिक ओजना अनुसार अपराध अनुसन्धानको जनशक्ति १० प्रतिशत पुर्याउने उल्लेख छ । तर रणनीतिक योजनाको एक बर्षे अबधिमा एक प्रतिशत मात्रै जनशक्ति बढेको छ । हाल नेपाल प्रहरीको अपराध अनुसन्धानमा कुल जनशक्तिको ६ प्रतिशत मात्रै छन् । प्रहरी तथ्याङ्क अनुसार ७२ हजार कुल जनशक्तिमध्ये हाल ४ हजार प्रहरी मात्रै अनुसन्धानमा संलग्न छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण