'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
सारांश
- पटना प्रहरीले चर्चित शिक्षक तथा युट्युबर 'खान सर' (फैसल खान) विरुद्ध एफआईआर दर्ता गरेको छ ।
- यो एफआईआर खान सरको कोचिङ संस्थानमा भएको गोलीकाण्डसँग सम्बन्धित छ, जसमा उनका सुरक्षागार्डहरूले गोली चलाएको देखिएको थियो ।
- अनुसन्धानका क्रममा सुरक्षागार्डहरूले खान सरकै निर्देशनमा गोली चलाएको बयान दिएको दाबी प्रहरीले गरेपछि उनी पक्राउ पर्न सक्ने सम्भावना बढेको छ ।
पटना । ‘खान सर’ का नामले परिचित चर्चित शिक्षक तथा युट्युबर फैसल खान विरुद्ध पटना प्रहरीले एफआईआर दर्ता गरेपछि उनी पक्राउ गर्ने सम्भावना बढेको छ ।
एफआईआर बिहारको पटनास्थित कदमकुआँ क्षेत्रमा रहेको उनको कोचिङ संस्थानमा भएको गोलीकाण्डसँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जुन २ मा खान सरको कोचिङ सेन्टरमा झडप भएको थियो । घटनापछि सार्वजनिक भएका भिडियोहरूमा उनका सुरक्षागार्डहरूले गोली चलाएको देखिएको थियो । यस घटनामा संलग्न रहेको आरोपमा दुई सुरक्षागार्डलाई पक्राउ गरी जेल पठाइसकिएको छ ।
अनुसन्धानका क्रममा सुरक्षागार्डहरूले खान सरकै निर्देशनमा गोली चलाइएको बयान दिएको दाबी प्रहरीले गरेको छ । त्यसपछि हत्या प्रयास र हतियारसम्बन्धी कानुनी प्रावधानअन्तर्गत मुद्दा दर्ता गरिएको बताइएको छ ।
घटनाको सुरुआत भने जुन २ को राति खान ग्लोबल स्टडिज इन्स्टिच्युटमा ढुंगामुढा र तोडफोडबाट भएको थियो । प्रारम्भिक अनुसन्धानमा अर्को एक कोचिङ संस्थासँग आबद्ध १५ देखि २० जनाको समूहले आक्रमण गरेको आशंका गरिएको छ ।
खान सरले यसअघि प्रतिस्पर्धी कोचिङ संस्थासँगको विवादका कारण आफ्नो संस्थामाथि आक्रमण भएको दाबी गरेका थिए । यद्यपि, पछिल्ला घटनाक्रमपछि उनी स्वयं पनि अनुसन्धानको दायरामा आएका छन् ।
पटना प्रहरीका वरिष्ठ अधिकारीहरूले घटनाबारे थप अनुसन्धान जारी रहेको बताएका छन् । खान सरलाई सोधपुछका लागि बोलाइने तथा आवश्यक परे पक्राउसमेत गर्न सकिने संकेत प्रहरीले दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिमी चौकीमा फर्किए सुरक्षाकर्मी
-
जेनजी आन्दोलनबारे मानव अधिकार आयोग: गोली संसद् भवनभित्रबाटै चल्यो, कसले चलायो थाहा छैन
-
औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
अहिलेकाे बजेट कुनै क्षेत्रमा फोकस छैन : वर्षमान पुन
-
द भ्वाइस अफ हिन्द रजाब : युद्धभूमिमा फुलेको एउटा फूल
-
हराउँदै भँगेराको'चिरबिर' (तस्बिर)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण