शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लागु औषधसहित एक पक्राउ

मङ्गलबार, २३ माघ २०७४, १७ : ४७
मङ्गलबार, २३ माघ २०७४

काठमाडौँ । सुन्दरबजार नगरपालिका वडा नम्बर ८ रातोमाटो भन्ने स्थानमा शंस्कापद रुपमा रहेका एक जनालाई जिल्ला प्रहरी कार्यालयवाट खटिएको प्रहरीले सोमबार दिउँसो २ बजे प्रक्राउ गरेको छ । 

दिउँसोको समयमा शंकास्कापद रुपमा बसिरहेका सुन्दरबजार नगरपालिका–८ का ५३ वर्षका प्रेम परियारलाई खानतलासी गर्दा लागुऔषध भेटिएको प्रहरीले जनाएको छ ।

परियारको साथवाट २ मिलिलिटरको ५० थान नुफिन २ मिलिलिटरकै ४८ थान सेजिर ज्याक २ मिलिलिटरकै प्याकमा रहेको ५१ थान फिनार्गन, नगद २९ हजार र एक थान मोवाइल भेटिएको थियो ।

मगलबार जिल्ला अदालत लमजुङवाट हिसारतमा राखी अनुशन्धान गर्न १५ दिनको म्याद थप गरिएको  जिल्ला प्रहरी कार्यालय लमजुङका अनुशन्धानका प्रहरी जवान दीपक गीरीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समुन्द्रा घिमिरे
समुन्द्रा घिमिरे
लेखकबाट थप