जनसांस्कृतिक दिवस मनाइयो
मङ्गलबार, १९ पुस २०७९, २० : १४
नेकपा (एमाले) कलाकर्मी निकट सङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासङ्घले विविध सांस्कृति कार्यक्रमको आयोजना गरी ३५ औँ स्थापना दिवस मनाएको छ ।
महासङ्घले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा एमाले नेता तथा संस्कृति विभाग प्रमुख रघुजी पन्तले जनपक्षीय सिर्जनाले संस्कृति र सामाजिक रुपान्तरणमा लाग्न प्रेरित गर्ने बताए ।
कार्यक्रममा जनसांस्कृतिक महासङ्घका कलाकारले नाटक, गीत र नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा ‘सही बाटो’ नामक नाटक विशेष प्रस्तुत गरिएको थियो ।
नाटकमा देशलाई सही नेतृत्व दिनका लागि सही व्यक्ति हुनुपर्ने र देशका लागि चिन्ता गर्ने र विकास गर्ने नेता चाहिने उल्लेख थियो । सो अवसरमा महासङ्घले प्रकाशन गरेको संस्कृति पत्रिकाको विमोचन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
-
पूर्वी रुकुमबाहेक रास्वपा लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण