आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जनसांस्कृतिक दिवस मनाइयो

मङ्गलबार, १९ पुस २०७९, २० : १४
मङ्गलबार, १९ पुस २०७९

नेकपा (एमाले) कलाकर्मी  निकट सङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासङ्घले विविध सांस्कृति कार्यक्रमको आयोजना गरी ३५ औँ स्थापना दिवस मनाएको छ ।
      
महासङ्घले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा एमाले नेता तथा संस्कृति विभाग प्रमुख रघुजी पन्तले जनपक्षीय सिर्जनाले संस्कृति र सामाजिक रुपान्तरणमा लाग्न प्रेरित गर्ने बताए ।
 
कार्यक्रममा जनसांस्कृतिक महासङ्घका कलाकारले नाटक, गीत र नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा ‘सही बाटो’ नामक नाटक विशेष प्रस्तुत गरिएको थियो ।  

नाटकमा देशलाई सही नेतृत्व दिनका लागि सही व्यक्ति हुनुपर्ने र देशका लागि चिन्ता गर्ने र विकास गर्ने नेता चाहिने उल्लेख थियो । सो अवसरमा महासङ्घले प्रकाशन गरेको संस्कृति पत्रिकाको विमोचन गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप