आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै

शुक्रबार, २२ पुस २०७९, ०९ : ०१
शुक्रबार, २२ पुस २०७९

सत्ता साझेदार दलहरूले आज सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै छ  । कार्यदलको बैठक बिहान ११ बजे बस्न लागेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका स्वकीय सचिव एम पाण्डेले रातोपाटी बताए । विहीबार सरकारको साझा कार्यक्रम मस्यौदालाई अन्तिम रूप दिने भनिएको थियो ।

विहीबार मस्यौदालाई अन्तिम रूप दिन नसकेपछि आज पुन बैठक बस्न लागेको पाण्डेले बताए । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रम ल्याउने निर्णय गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप