आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

संसदको रोष्टममा रवि लामिछाने : अपराध गर्ने आफ्नो मान्छे छोड्नुपर्‍यो भनेर फोन नगर्नुहोला

सोमबार, २५ पुस २०७९, १४ : ३५
सोमबार, २५ पुस २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले भष्टाचारका सम्पूर्ण पुराना फाइल खोल्नुपर्ने बताएका छन् । निर्वाचनपछिको पहिलो प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारको न्यूनतम साझा कार्यक्रममा आफ्नो दलले यो विषयलाई राखेको र अब निर्मम भएर भष्टाचार नियमन्त्रणमा लाग्नुपर्ने बताए । 

उनले आफ्नो दललाई जनताले आशाको मत दिएको उल्लेख गरे । उनले भने– ‘पार्टीका रुपमा एउटा नयाँ पार्टीको उदय हुनु नेपालको राजनीतिक इतिहासमा त्यति ठूलो कुरा हैन होला । तर जुन समय अवधीभित्र हामीले जुन विश्वास प्राप्त गरेका छौँ, त्यो कुनै उम्मेदवारलाई दिएको मत्र मात्र हैन, अब यो देशमा परिवर्तन आवश्यक छ भनेर नेपाली जनताले बताएको घण्टीको ध्वनी हो । त्यो ध्वनीलाई यो सम्मानित संसदले सुन्नेछ र सिंगो देशले सुन्ने छ ।’

उनले आफ्नो दललाई आउने स्यावासीसँगै तपाईले पाएको मत निराशाको मत हो भनेर लान्छना लाग्दै आएको बताउँदै आफ्नो दलले पाएको मत आशाको मत रहेको बताए । नेपाली जनताले जानेर वा नजानेर नयाँ र पूराना दलहरुलाई ठिक्क मत दिएको बताउँदै नयाँलाई पनि धेरै नमात्तिने र पुरानालाई पनि सचेत गराउने तरिकाले मत दिएको बताए । जनताले दिएको जनमत अनुसार नै अहिलेको सरकार बनेको उल्लेख गरे । उनले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रमबाट देश र जनताको पक्षमा परिवर्तन गर्न सकिने उल्लेख गरे ।  

उनले आफ्नो कार्यकालमा कुनैपनि अनियमिता नगर्ने बाचा गर्दै भष्टाचारी वा अपराध कर्ममा लागेका मान्छेको अनुसन्धान प्रभावित पार्नका लागि आफूलाई नभन्न पनि उनले आग्रह गरे । उनले आफ्नो दलका कुनैपनि सांसदहरुबाट अनियमिता हुन नदिने भन्दै छातीमा हात राखेर प्रतिबद्धता ब्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप