शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

रेशम चौधरी रिहा नभएपछि नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षमा

मङ्गलबार, २६ पुस २०७९, १६ : ३४
मङ्गलबार, २६ पुस २०७९

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग पूरा नगरेको भन्दै प्रतिपक्षमा बस्ने जानकारी गराएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतमाथि धारणा राख्ने क्रममा नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग पूरा नगरेकाले प्रतिपक्षमा बस्ने जानकारी गराएको हो । 

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले झुठ्ठा मुद्दाका कारण जेलमा रहेका रेशम चौधरीसहितका राजबन्दी रिहा गर्ने काम नभएकाले आफूहरुले प्रतिपक्षमा रहने जानकारी दिएकी हुन् । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने जानकारी गराउँदै उनले विश्वासको मत दिए पनि माग पूरा नभएकाले प्रतिपक्षमै रहने बताइन् । 

‘प्रधानमन्त्रीज्यू, तपाईँले गरेको वाचा पूरा भएको भए आज हामी सत्तापक्षकै कुर्सीमा हुन्थ्यौँ, जबसम्म हाम्रो मागको सम्बोधन पूरा हुँदैन, तबसम्म प्रतिपक्षकै बस्नेछौँ,’ उनले भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप