समाचार
सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्रीका लागि एमालेका राजेन्द्र रावलले दाबी पेस गर्दै
बुधबार, २७ पुस २०७९, १६ : ५०
कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्न नेकपा एमाले प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र रावलले दाबी पेस गर्ने भएका छन् । केहीबेर अघि एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी सहितको गठबन्धनले एमाले नेतृत्वमा प्रदेश सरकार गठनका लागि सहमति जुटाएको हो । केन्द्रको गठबन्धन अनुसार नै प्रदेशमा पनि सरकार बनाउने विषयमा सहमति जुटेको बताइएको छ ।
यसअघि नागरिक उन्मुक्ति पार्टीलाई कांग्रेसले पनि मुख्यमन्त्री पदसहित सरकार गठनका लागि प्रस्ताव गरेको थियो । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि निर्णायक भूमिका रहेको नागरिक उन्मुक्ति पार्टीकै अलमलका कारण एमालेका रावलले प्रदेश प्रमुख समक्ष दाबी पेस गर्न सकेका थिएनन् । तर, केहीबेर अघि सत्तारुढ गठबन्धनभित्र सहमति जुटेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश : प्रदेश मामिला समितिको सभापतिमा लामा चयन
-
प्रधानमन्त्रीलाई कोइरालाको प्रश्न: कति पटक विश्वासको मत लिनुहुन्छ ?
-
साताको सेयर बजार : परिसूचकसँगै बढ्यो कारोबार
-
माधवको प्रचण्डलाई व्यङ्ग्य, ‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ’
-
रविजी गृह मन्त्रालयमा बस्न पाउनुहुन्न : शेखर कोइराला
-
संसद्लाई धेरै समय बन्धक बनाएर राख्नुहुँदैन : सभामुख