बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

घनश्याम भुसाल शुक्रवार नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने

बिहीबार, २८ पुस २०७९, १६ : ४३
बिहीबार, २८ पुस २०७९

काठमाडौं । नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । त्यसका लागि नेकपा एकीकृत समाजवादीले शुक्रबारका लागि पार्टी प्रवेश कार्यक्रम राखेको छ । 

सो पार्टीका अनुसार भुसाललाई स्वागत गर्न शंखमुलस्थित होटल अर्यालयमा दिउँसो २ कार्यक्रम राखिएको हो । 

एमालेबाट निर्वाचन टिकट नपाएपछि भुसालले रुपन्देहीमा स्वतन्त्र उम्मेदवार दिएर संघीय निर्वाचन लडेका थिए । तर, उनी पराजित भएका थिए । केहीदिनअघि उनले एकीकृत समाजवादीलाई पाँच बुँदे पत्र पठाउँदै पार्टी प्रवेशको ढोका खुलेका थिए । 

लगत्तै एकीकृत समाजवादीले जवाफ पठाएसँगै उनी पार्टी प्रवेश गर्न राजी भएका हुन् ।

g

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप