शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

बिहीबार, २० वैशाख २०८१, १५ : ०६
बिहीबार, २० वैशाख २०८१

नुवाकोट । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले नेपाल प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् ।

बिहीबार नुवाकोटस्थित इलाका प्रहरी कार्यालय, पञ्चकन्याको नवनिर्मित कार्यालय भवन तथा ब्यारेकको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका हुन् । 

उनले नेपाल प्रहरी नागरिकको सबैभन्दा नजिकको साथी भएको उल्लेख गर्दै समस्या तथा विपद्मा परेका नागरिकको सेवामा सबैभन्दा अगाडी पुग्नुपर्ने बताए । 

उनले सीमित स्रोत तथा साधनको बिचमा पनि प्रहरीले नागरिकलाई दिइरहेको सेवाको प्रशंसा गरे । मन्त्री श्रेष्ठले स्रोत, साधनको अभावका कारण प्रहरीलाई परिरहेको समस्यालाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै प्रदेशभर प्रहरी भवन निर्माणका लागि सहयोग गरिरहेको पनि बताए ।

 उनले आगामी दिनमा पनि प्रदेश सरकारले प्रहरीको लागि कार्यालय, आवास तथा अन्य अत्यावश्यक पूर्वाधार निर्माणका लागि प्राथमिकता दिने बताए ।

उनले अहिले डढेलो लगायतका विपद्हरू आइरहेका भन्दै विपद् व्यवस्थापनमा सक्रियतापूर्वक लाग्न आग्रह पनि गरे । वर्षायाम् सुरु हुन लागेको भन्दै मन्त्री श्रेष्ठले वर्षायाममा हुने प्राकृतिक प्रकोपका घटनाबाट नागरिकलाई बचाउन पनि सचेततापूर्वक लाग्नुपर्नेमा उनले जोड दिए ।

बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा इलाका प्रहरी कार्यालय, पञ्चकन्या नुवाकोटको कार्यालय तथा भान्छाघरको निर्माण भएको हो । प्रदेश सरकारको २ करोड २ लाख ६९ हजार ५८० रुपैयाँ ८५ पैसा आर्थिक सहयोगमा भवन निर्माण सम्पन्न भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप