आजपाद्वारा भन्सार कानुनविरुद्ध चौथो चरणको आन्दोलन सुरु, तस्बिरहरू हेर्नुहोस्
काठमाडौँ । आम जनता पार्टी (आजपा) ले भन्सार कानुनमा रहेको विवादास्पद व्यवस्था खारेजीको माग गर्दै आन्दोलनलाई पुनः निरन्तरता दिएको छ । आजपाले बिहीबारदेखि भन्सारविरुद्ध चौथो चरणको आन्दोलन थालेको हो ।
आफूहरूको माग सम्बोधनका लागि वैशाख १२ गते भन्सार विभाग मार्फत सरकारलाई सचेतना पत्र बुझाइए पनि सुनुवाइ हुन नसकेपछि पूर्वघोषित कार्यक्रम गरिएको अध्यक्ष प्रभु साहले बताए ।
उनका अनुसार पार्टीनिकट सम्पर्क मञ्चको अगुवाइमा भन्सार विभागमा धर्ना एवं घेराउ गरिएको छ । आजपाले भन्सार कानुनमा रहेको ४५ पुरस्कारको विवादित प्रावधान हटाउन माग गर्दै आएको छ ।
अवैध भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको निजी सम्पत्ति लुट्ने काम तुरुन्त बन्द झन्डै ६ महिना देखि आजपाले निरन्तर सङ्घर्ष गर्दै आएको साहको भनाइ छ । देशको समृद्धिसँग जोडिएको यो सङ्घर्ष माग पूरा नभएसम्म जारी रहने सो पार्टीको भनाइ छ ।
_Vpgv2hdGQl.jpg)




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण