शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

आजपाद्वारा भन्सार कानुनविरुद्ध चौथो चरणको आन्दोलन सुरु, तस्बिरहरू हेर्नुहोस्

बिहीबार, २० वैशाख २०८१, १४ : ४६
बिहीबार, २० वैशाख २०८१

काठमाडौँ । आम जनता पार्टी (आजपा) ले भन्सार कानुनमा रहेको विवादास्पद व्यवस्था खारेजीको माग गर्दै आन्दोलनलाई पुनः निरन्तरता दिएको छ । आजपाले बिहीबारदेखि भन्सारविरुद्ध चौथो चरणको आन्दोलन थालेको हो । 

आफूहरूको माग सम्बोधनका लागि वैशाख १२ गते भन्सार विभाग मार्फत सरकारलाई सचेतना पत्र बुझाइए पनि सुनुवाइ हुन नसकेपछि पूर्वघोषित कार्यक्रम गरिएको अध्यक्ष प्रभु साहले बताए । 

उनका अनुसार पार्टीनिकट सम्पर्क मञ्चको अगुवाइमा भन्सार विभागमा धर्ना एवं घेराउ गरिएको छ । आजपाले भन्सार कानुनमा रहेको ४५  पुरस्कारको विवादित प्रावधान हटाउन माग गर्दै आएको छ । 

 अवैध भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको निजी सम्पत्ति लुट्ने काम तुरुन्त बन्द  झन्डै ६ महिना देखि आजपाले निरन्तर सङ्घर्ष गर्दै आएको साहको भनाइ छ । देशको समृद्धिसँग जोडिएको यो सङ्घर्ष माग पूरा नभएसम्म जारी रहने सो पार्टीको भनाइ छ ।

344d422e-53f2-46df-9c01-bc88b3959e0a (1)

2e805165-4dbc-461a-ae76-2693f721ad81 

1a374329-fa32-457d-bada-eaa38e50ec4b344d422e-53f2-46df-9c01-bc88b3959e0ae625124c-4aeb-4899-b831-e3e38d739efff4a93a33-f323-4268-8541-0c1f0c3ba315

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप