सफारी ब्राउजरमा डिफल्ट सर्च इन्जिन बन्न गुगलले एप्पललाई दियो २० अर्ब डलर
क्यालिफोनिर्या । कुनै ब्राउजरमा स्थान ओगट्न प्रविधि कम्पनीहरूले खर्बौ रुपैयाँ खर्च गर्छन् । झट्ट सुन्दा तपाईलाई यो कुरा हास्यास्पद लाग्न सक्छ । तर यो वास्तविकता हो । ब्राउजरमा डिफल्ट सर्च इञ्जिन कम्पनीहरूले भारी रकम चुकाइरहेका छन् ।
एप्पलको सफारी ब्राउजरमा डिफल्ट सर्च इन्जिन बन्न गुगलले एप्पललाई २० बिलियन डलर दिएको खुलासा भएको छ । ब्लुमबर्गले एउटा समाचारमा गुगलविरुद्ध अमेरिकाको न्याय मन्त्रालयले हालेको मुद्दाको सील नगरिएको अदालती कागजातहरूलाई उद्धृत गर्दै यस्तो बताएको हो । समाचारका अनुसार गुगलको मातृ कम्पनी अल्फाबेटले सफारी ब्राउजरमा डिफल्ट सचर्च इञ्जिन बन्न एप्पललाई २० बिलियन डलर तिरेको थियो ।
न्याय मन्त्रालयले यस मामिलामा छानबिन गरिरहेको छ । सर्च इञ्जिन बजारमा आफ्नो वचश्र्व जमाउन र विज्ञापन क्षेत्रमा प्रतिस्पर्धाको अन्त्य गर्न कम्पनीले आफ्नो हैसियतको दुरुपयोग गरेको मामिलामा मन्त्रालयले अनुसन्धान गरिरहेको छ ।
यो भुक्तानी २०२० मा भएको बताइएको छ । गुगलले तिरेको यो रकम एप्पलको अपरेटिङ आयको १७ दशमलव ५ प्रतिशत भएको बताइएको छ । माइक्रोसफ्टले पनि सफारीमा बिङलाई डिफल्ट सर्च इन्जिन बनाउन एप्पललाई पैसा तिर्ने प्रस्ताव दिन खोजेको थियो । तर सो प्रयास सफल भएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण