शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकारमाथि हातपात गर्नेलाई कारबाही गर्न महासंघको माग

शनिबार, ३० पुस २०७९, १२ : ३३
शनिबार, ३० पुस २०७९

काठमाडौँ ।  समाचार संकलनका क्रममा हरेकन्युज डटकम अनलाइनमा कार्यरत पत्रकार कृष्ण कट्टेलमाथि हातपात गर्नेलाई कारबाही गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । शुक्रबार दिउँसो नयाँबानेश्वर चोकमा काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउँदै गरेको समाचार संकलनका लागि पुगेका पत्रकार कट्टेलसहितका ६ जना सञ्चारकर्मीमाथि व्यापारीहरूले दुव्र्यवहार गरेका थिए ।

सो क्रममा एक मोबाईल पसल सञ्चालकले पत्रकार कट्टेललाई कुटपिट गरेको पीडित पत्रकारले महासंघलाई जानकारी गराएका छन् । महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी गर्दै स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारमाथि भएको हातपात प्रेस स्वतन्त्रताविरोधी काम भएको बताएका छन् । ‘महासंघ प्रेस स्वतन्त्रताविरोधी यो घटनाको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्नको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याएर पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप