शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मोटिभ सिक्स एस नेपाली बजारमा

शनिबार, ३० पुस २०७९, १३ : १८
शनिबार, ३० पुस २०७९

काठमाडौं ।  नेपाली बजारमा प्रवेश गरेको छोटो समयमै अपेक्षाकृत राम्रो बजार साख हाँसिल गर्न सफल ब्राण्ड रिभरसङ्ले नयाँ मोडलको स्मार्टवाच नेपाली बजारमा भित्र्याएको छ । चीनको बहुराष्ट्रिय मोबाइल एक्सेसोरिज् तथा वेरेबल उत्पादक रिभरसङ् विश्व बजारमै पछिल्लो समयमा तिब्रताका साथ अगाडि बढिरहेको ब्राण्ड हो ।

 विश्वका साठी भन्दा बढी देशहरुमा विक्री वितरण हुँदै आएको ब्राण्ड रिभरसङ् नेपाली बजारमा प्रवेश गरेको चार महिनामै एक दर्जन भन्दा बढी मोडलका स्मार्टवाच तथा इअरबड्सहरु नेपाली बजारमा भित्र्याइसकेको छ । मोबाइल एक्सेसोरिज् तथा वेरेवलको बजार विकास र विस्तारमा देशकै अग्रणी कम्पनीको रुपमा स्थापित भएको केमियो इन्टरनेशनलले आफ्नो दोश्रो ब्राण्डको रुपमा रिभरसङ्लाई नेपाली बजारमा ल्याएको हो ।

रिभरसङ् नेपालको मुख्यालय बागदरबारमा आयोजित एक विशेष कार्यक्रममा रिभरसङको नयाँ स्माटवाच मोटिभ सिक्स एस सार्बजनिक गरिएको हो । आयातकर्ता केमियो इन्टरनेशनलका अध्यक्ष उपेन्द्र साहले मुख्यालयमा रिभरसङ् मोटिभ सिक्स एसको सार्बजनिक गर्दै यसका विशेषताहरु प्रष्ट्याए । मोटिभ सिक्स एसमा पचास भन्दा बढी फिटनेस ट्र-याकिङ् अप्सन रहेका छन् भने यसको हर्ट रेट मनिटर निक्कै प्रिसाईज्ड् रहेको कम्पनीले जानकारी दिएको छ । ब्लुतुथ कलिङ् अप्सन रहेको यस स्मार्टवाचको अडियो क्वालिटी समेत निक्कै उच्च रहेको रिभरसङ्को मोटिभ सिक्स एसको अधिकतम विक्री मूल्य छ हजार चार सय पच्चिस रुपैंया तोकिएको छ ।

आफ्ना सबै स्मार्टवाचमा एक बर्षको वारेन्टी प्रदान गर्ने रिभरसङले विक्री पश्चातको सेवालाई निक्कै चुस्त र प्रभावकारी बनाउँदै आएको छ । देशभरि छरिएर रहेका विक्री केन्द्रहरु र अनलाईनमा समेत उपलब्ध रिभरसङ्का उत्पादनहरुमा रहेको मूल्य र गुणस्तरीयता विचको सन्तुलनले उपभोक्ता यस ब्राण्ड प्रति आकर्षित भएका हुन् भने ग्राहक सेवामा केमियो इन्टरनेशनलले देखाएको तदारुकताले उपभोक्ताको मन सहजै जित्न सफल भएको देखिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप