पठाओ राइडरको नागरिकता दुरुपयोग गरेर ३ करोड ३७ लाख ठगी
काठमाडौँ । जापानमा रोजगार र अध्ययनका लागी पठाउँछौं भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ घर भएका राजन श्रेष्ठ र झापाका गौरादह नगरपालिका–२ घर भएका ४६ वर्षीय ईश्वरी पाण्डे छन् ।
श्रेष्ठलाई कागेश्वरी मनोहरा नगरपालिका स्थित बेशिगाउँ र पाण्डेलाई अनामनगरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए । उनीहरुले २ सय १९ जनाबाट ३ करोड ३७ लाख असुल गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

अर्काको नागरिकता प्रयोग गरेर उनीहरुले पुतलीसडकमा नियोनी एजुकेशन प्रालि नामको कन्सल्टेन्सी खोलेका थिए । राजन श्रेष्ठले नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरेर सानिमा बैंकमा खाता खोलेको भेटिएको छ । उदयपुरका राईको नागरिकता दुरुपयोग गरेर श्रेष्ठले बैंकको केवाइसी फारममा चाहिँ आफ्नो फोटो टाँसेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताए ।
राई पठाओ राइडर हुन् । रातोपाटीसँग कुरा गर्दै उनले भने– ‘पठाओ चलाउँछु तर, मेरो नाममा करोडौं ठगिएछ ।’ हातमुख जोर्न काठमाडौँमा संघर्ष गरिरहेको उल्लेख गर्दै राईले भने– ‘नागरिकता हराएको थियो दुरुपयोग भएको कुरा प्रहरीले बोलाएपछि मात्र थाहा पाएँ ।’

ईश्वरी पाण्डेले बझाङका पर्वराज पाण्डेको नागरिकता दुरुपयोग गरेको भेटिएको छ ।
आरोपीहरुले प्रतिव्यक्ति ४ लाखदेखि ७ लाख उठाउने गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । अर्काको नाममा बैंका खाता खोलेर ठगीको रकम उनीहरुले ती खातामार्फत लेनदेन गर्ने गरेका हुन् । उनीहरुसँगै ठगीमा संलग्न अर्का एकजना फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण