आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

स्न्यापडिलका संस्थापकले केही वर्ष अघिकाे पाेखराको हवाई यात्रा स्मरण गर्दै भने, ‘...त्यसपछि कहिल्यै पोखरा नउड्ने निर्णय गरेँ ’

बुधबार, ०४ माघ २०७९, १४ : ०५
बुधबार, ०४ माघ २०७९

पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि स्न्यापडिलका सह–संस्थापक कुनाल बहलले केही वर्ष अघि पोखरामा हवाई यात्रा गर्दा बेलाको आफ्नो खराब अनुभव साझा गरेका छन् ।

बहलले ट्विटरमा आफ्नो अनुभव साझा गर्दै लेखेका छन्, ‘यो निकै दुःखद घटना हो । केही वर्ष अघि विमानमा पोखरा यात्रामा जाँदा मैले एयरहोस्टेजलाई झ्यालको कुनाबाट हावा आइरहेको छ भनेर जानकारी दिँदा उनले टिस्यु पेपर ल्याएर प्वाल टालिदिइन् ।’

सह–संस्थापकले थपे, ‘एक दिन सबैभन्दा खराब स्थिति निम्तिएला भनेर त्यसपछि कहिल्यै पोखरा नउड्ने निर्णय गरेँ ।’

माघ १ गते आइतबार बिहान काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको ९ एन–एएनसी एटिआर–७२–५०० वायु यान सेती नदीको खोँचमा दुर्घटना भएको थियो । विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप