मतपेटिका
बझाङ उपनिर्वाचन : उच्च हिमाली क्षेत्रका मतपेटिका अझै भएन सङ्कलन, हेलिकप्टर पठाइयो
आइतबार, १६ वैशाख २०८१, ०७ : ३९
धनगढी । बझाङ निर्वाचन क्षेत्र नं.१ स्थित अति विकट उच्च हिमाली क्षेत्रका मतपेटिकाहरू अझै सदरमुकाम चैनपुर ल्याउन सकिएको छैन । शनिबार भएको मतदानपछि केही स्थानको मतपेटिका सङ्कलन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक भरत शाहले चीनको तिब्बतसँग जोडिएको उच्च हिमाली क्षेत्र साइपाल गाउँपालिकास्थित याकुरी डाँडा, यारङकुरिङ, धुली र काँडाको मतपेटिका आउन बाँकी रहेको बताए । नेपाली सेनाको हेलिकप्टर मतपेटिका लिन बिहान ७ बजे सो स्थानतर्फ गएको जानकारी दिए ।
सबै ठाउँका मत पेटिका आएपछि मतगणना सुरु हुने बताइएको छ ।बझाङमा भएको उपनिर्वाचनमा ४९.१२ प्रतिशत मत अर्थात ३० हजार ३२८ मत खसेको थियो । ६१ हजार ७४८ मतदाता रहेकोमा ३० हजार ३२८ जनाले मतदान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण