आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आज हरियो तरकारी र फलफूलको मुल्य कति ?

सोमबार, ०९ माघ २०७९, ०८ : ११
सोमबार, ०९ माघ २०७९

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ । समितिका अनुसार आज सोमबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ , हरियो अंगुर १८० रुपैयाँ, अदुवा ७४, नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ५० रुपैयाँ छ ।

त्यस्तै, अम्बा १२० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, रातो आलु ३२ रुपैया, सेतो आलु २५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ , कागती १२० रुपैयाँ, किवि २५० रुपैयाँ, अकबरे खुर्सानी ५०० रुपैयाँ कायम रहेको छ । 
यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले न्युनतम तोकेको मूल्य हो ।

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, टनेल गोलभेडा १३ रुपैयाँ , राजमा घिउ सिमी ८० रुपैयाँ, चमसूरको साग ९० रुपैयाँ छ भने  कन्य च्याउ  १३० रुपैयाँ, डल्ले च्याउ ३४० रुपैयाँ, तितो करेला १२० रुपैयाँ, तोरीको साग ४० रुपैया, भारतीय सुकेको प्याज ४२ रुपैयाँ, हरियो प्याज ८० र हरियो धनिया १२० रुपैयाँ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप